Comments Add Comment

साढे ६ प्रतिशतले घट्यो कम्पनी दर्ता

२५ असार, काठमाडौं । सरकारले मुलुकमा लगानीको वातावरण बन्दै गइरहेको दाबी गरिरहेका बेलामा कम्पनी दर्ता गर्नेहरुको संख्या भने घटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरु ६.३७ ले घटेका छन् ।

यस अवधिमा राजिष्ट्रारको कर्यालयमा ९ हजारcompany_registrar_office ५ सय २२ कम्पनीमात्र दर्ता भएका छन् । जबकी अघिल्लो वर्षको यसै अवधिमा १० हजार १ सय २९ कम्पनी दर्ता भएका थिए ।

अघिल्लो वर्ष ९ हजार ९ सय ९९ कम्पनीहरु दर्ता भएकोमा यस वर्ष ९ हजार ३ सय ८५ कम्पनीमात्र दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार पब्लीक कम्पनी दर्ता संख्या पनि यस वर्ष घटेको देखिन्छ । यस अवधिमा पब्लीक कम्पनी २६ वटा दर्ता भएका छन् ।

मुनाफा वितरण नगर्ने कम्पनीहरुको दर्ता बढेको कार्यालयले जनाएको छ । गत वर्ष ७७ वटा मुनाफा वितरण नगर्ने कम्पनीहरु दर्ता भएकोमा यस वर्ष ९० वटा यस्ता कम्पनीहरु दर्ता भएका छन् ।

कार्यालयका अनुसार सबैभन्दा बढी कम्पनी मध्यमाञ्चलमा दर्ता भएका छन् । एघार महिनामा मध्यमाञ्चलमा ७ हजार ४ सय ९३ कम्पनी दर्ता भए भने सबैभन्दा कम सुदूरपश्चिमाञ्चलमा १ सय ६८ कम्पनीहरु दर्ता भएका छन् । मध्यपश्चिमाञ्चलमा २ सय ४१, पश्चिमाञ्चलमा ९ सय ९ र पूर्वाञ्चलमा ७ सय ७ कम्पनी दर्ता भएको कार्यालयले जनाएको छ ।

एघार महिनामा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश पुरुषको नामबाट दर्ता भएका छन् । यस अवधिमा ९ हजार ४१ कम्पनी पुरुषको नामबाट र १ सय २ सय ९६ कम्पनी महिलाको नाममा दर्ता भएका छन् । ४ वटा कम्पनी कु क्षेत्रमा दर्ता भएको भन्ने खुलेको छैन ।

अघिल्लो वर्षको एघार महिनामा मध्यमाञ्चलमा ७ सय ९ सय ९० कम्पनी दर्ता भएका थिए भने सुदूरपश्चिममा १ सय ८०, मध्यपश्चिममा ३ सय ३३, पश्चिमाञ्चलमा ८ सय ९९ र पूर्वाञ्चलमा ७ सय १८ कम्पनीहरु दर्ता भएका छन् । ९ वटा कम्पनीहरुको दर्ता क्षेत्र थाहा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment