Comments Add Comment

निगमकाे १९ सिटे जहाज साउन दोस्रो साता नेपालमा

NAC-Y-12-E
२६ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा ल्याउन लागेको दोस्रो जहाज ‘वाई१२ई’ साउनको दोस्रो साता नेपालमा अवतरण गराउने भएको छ । यसअघि ‘एमए ६०’ जहाज नेपालमा आइसकेको छ ।

‘वाई१२ई’ जहाज साउन पहिलो हप्ता चीनबाट नेपालका लागि उड्ने कार्यक्रम निर्धारण गरिएको छ । निगमका महाप्रवन्धक मदन खरेललाई विमान निर्माता कम्पनी एभिक इन्टरनेशनलले असार २२ गते चीनको हार्विममा विमान हस्तान्तरण गरेको थियो ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको १५ दिनपछि व्यापारिक सेवामा लगाइने निगमले जनाएको छ । विमान आएको १५ दिनमा उडान अनुमतिको औपचारिक प्रक्रिया पुरा गरिने भएको छ ।  नागरिक उड्डयन प्राधिकरणबाट सबै प्रमाणपत्र लिएर उडान थाल्न आवश्यक काम निगमले प्रारम्भ गरिसकेको छ ।

सरकारले चीनबाट प्राप्त गर्ने ६ वटा विमानमध्ये एमए ६० र वाइ १२ ई गरी दुइटा अनुदानमा प्राप्त हुनेछ भने एमए ६० एउटा र वाई १२ ई तीनवटा विमान सहुलियत ऋणमा प्राप्त हुनेछ । एमए ६० को सीट क्षमता ५६ र वाई १२ ई जहाजको सीट क्षमता १८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment