Comments Add Comment

यस्तो हुनेछ आइफोन-सिक्स (फोटोफिचर सहित)

एप्पलको नयाँ सस्करणको आइफोन ६ यहीँ वर्ष बजारमा आउने भएसँगै यसका फिचर्सका विषयमा विभिन्न खाले अनुमान भैरहेका छन् । कतिपय अन्तराष्ट्रिय संचार माध्यमहरुले एप्पलका आन्तरिक श्रोतहरुलाई उधृत गर्दै आइफोन सिक्स ४.७ इन्चको स्क्रिनको हुने अपुष्ट समाचार सार्वजनिक गरिरहेका छन् । वास्तवमा एप्पलले ४.७ इन्चको स्क्रिन डिस्प्ले सहितको आइफोन बजारमा ल्याउने समाचार पहिलोपटक रोयटर्सले नै सार्वजनिक गरेको थियो, एकवर्ष अगाडि नै । त्यसयता आइफोन सिक्सका बारेमा विभिन्न खाले समाचार र अनुमान सार्वजनिक भैहरेका छन् । तर कतिपयले भने एप्पलको आइफोन सिक्समा ४.७ इन्चको नभै ५.५ इन्च को स्क्रिन रहने दाबी गरेका छन् ।

iphone3

गुरम्यानले यो वर्षको सुरु तिर नै एप्पलले आइफोनका करोडौँ स्याफरी ग्लास स्क्रिन बनाउनका लागि पर्याप्त सामाग्री किनेको समाचार दिएको थियो । स्याफरी हिरापछिको सबैभन्दा बलियो सिसाजन्य पदार्थ हो । त्यसैले पनि आइफोन सिक्सको स्क्रिन निकै बलियो हुने र त्यो फुट्ने जोखिम कम हुने बताइएको छ ।

Iphone1

एकजना यु ट्युब प्रयोगकर्ता माक्र्वेस ब्राउनलीले हालै एक भिडियो पोष्ट गर्दै आइफोन सिक्सको स्याफरी क्रिस्टल डिस्प्ले कस्तो हुनेछ भन्ने कुरा देखाएका छन् । उनले भिडियोमा आइफोनको स्क्रिनलाई कैँचीले कोतरेर, जुत्ताले कुल्चिएर तथा साँचोले कोतरेर त्यसमा केही असर पर्छ की भन्ने देखाउन खोजेका छन् तर त्यति गर्दा पनि स्क्रिनमा कुनै दाग लागेन ।

एकजना ब्लगरले पनि एक भिडियो पोष्ट गर्दै आइफोन सिक्सको डिस्प्ले लचकदार हुने र छिटै नटुट्ने दाबी गरेका छन् । यद्यपि आइफोन सिक्सको डिस्प्ले पट्याउन मिल्ने खालको भने हुनेछैन ।

यदि एप्पलले आइफोनको स्क्रिन साइज बढाउनेहो भने यसले रिजोलुसन समेत सुधार गर्नेछ । आइफोन सिक्सको स्क्रिन ४.७ इन्चको हुने र डिस्प्ले रिजोलुसन १७०४ गुणा ९६० हुने दाबी एप्पलका ब्लगर मार्क गुरम्यानको दाबी छ ।

आइफोन ६ को डिस्प्लेमा विशेष खालको पुष्ठपोषण फिचर-ह्याप्टिक फिडब्याक फिचर) हुनेछ । जसका कारण यदि डिस्प्लेमा स्पर्श भयो भने स्त्रिmन सुस्तरी कम्पन हुनेछ ।

iphone2

आइफोन सिक्स चाँदी रंगमा आउने बताइएपनि एप्पलले गाढा कालो रंगको आइफोन सिक्स ल्याउने प्रवल सम्भावना रहेको बताइन्छ ।

अर्को अपुष्ट समाचार के छ भने आइफोन सिक्समा ताररहित चार्जिङ प्रविधि हुनेछ तर्थात् आइफोनको ब्याट्री चार्ज गर्न एडाप्टर तथा चार्जर जोडिरहनु पर्नेछैन ।

iphone 5

एप्पलको आइफोन सिक्समा ए ८ प्रोसेसर हुने बताइएको छ । यसले खासगरी कम उर्जा खपत र ब्याट्रीको आयु वृद्धिमा जोड दिनेछ ।

आइफोन सिक्समा इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन प्रविधि हुनेछ । यो प्रविधिका कारण तस्वीर खिच्दाखेरि हात हल्लिएपनि तस्वीर धमिलो हुनेछैन र सफा रहनेछ ।

 

आइफोन सिक्समा यस्तो प्रविधि समेत हुनेछ जसले जमिनको उचाइ पत्ता लगाउनेछ ।

आइफोन सिक्समा हेल्थ एप पनि हुनेछ । यसले प्रयोगकर्ताको पाइला गन्नुका साथै, सरीरको क्यालोरी मापन गर्ने र अन्य फिटनेस एपसँग समेत समन्वय गर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment