Comments Add Comment

बजेटले पर्यटन विकासमा सहयोग पुर्‍याउने होटल व्यवसायीको ठहर

३० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार सार्वजनिक गरेको बजेटको होटल व्यवसायीहरुले प्रशंसा गरेका छन् । बजेटमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गरि राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउने प्रतिवद्धता जाहेर गरिएको भन्दै व्यवसायीहरुले प्रशंसा गरेका हुन् ।

बजेटले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने होटल व्यवसायीको ठहर छ । होटल एशोसियसन अफ नेपालले HAN-Logoबजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुर, सुर्खेतलगायतका क्षेत्रीय तथा साना विमानस्थलहरुको स्तरोन्नति र निर्माणमा रकम विनियोजन गरिनु स्वागतयोग्य भएको बताएको छ ।

‘पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत द ग्रेट हिमालयन ट्रेलको विकास गरी पर्यटन आकर्षण बढाउने लक्ष्य बजेटको अर्को सकारात्मक पक्ष हो’ संघद्धारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ ।

बजेटले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको क्षमता विस्तार गर्न थप विमानहरु सञ्चालनमा ल्याउने, रारा ताललगायतका अन्य महत्वपूर्ण तालतलैयाहरुमा नयाँ गन्तव्यको विकासका लागि खोलिने रिसोर्ट तथा २ अर्बभन्दा माथिको लगानी गर्ने होटल व्यवसायलाई १० वर्षसम्म आयकर छुट दिने घोषणाबाट पर्यटन विकासमा टेवा पुग्ने होटल व्यवसायीको ठहर छ ।

त्यसैगरि, पर्यटन क्षेत्रमा नयाँ प्रोडक्टको विकास गराउने क्रममा पोखराको फेवातालमा म्युजिकल वाटर फाउन्टेन निर्माण गर्ने अवधारणाप्रति निजी क्षेत्र सकारात्मक देखिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्ने सरकारी प्रयासलाई पनि व्यवसायीहरुले सकरात्मक भनेका छन् ।

पर्यटन क्षेत्रको विकास र सञ्चालनमा समय समयमा सिन्डिकेटबाट सिर्जना भएका बाधा अवरोध हटाउनमा बजेटले गरेको व्यवस्था सराहनीय रहेको बताईएको छ ।

बजेट जतिसुकै राम्रो भए पनि कार्यान्वयन पक्ष सदैव कमजोर रही आएको बताउँदै संघले बजेटको कार्यान्वयन र व्यवस्थापन पक्ष सवल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बन्द अवस्थामा रहेका क्यासिनोको सेवा उपलब्ध नहुँदा नेपाल आउने पर्यटकहरुको आगमनमा उल्लेखनीय गिरावट भएको परिप्रेक्ष्यमा प्रस्तुत बजेटमा यसतर्फ गरेको नयाँ व्यवस्थाले क्यासिनोहरुको अविलम्ब सञ्चालन हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment