+
+
Shares

सलमानले मानेनन् ‘बिग बोस’ चलाउन, को आउला नयाँ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते ९:५३

salman-khan-being-humanरियालिटी सो ‘बिग बोस’को नयाँ सिजन चलाउन सलमान खानले अस्वीकार गरेका छन् ।

बिगत चार बर्षदेखि बिग बोस चलाउँदै आएका सलमानले आठौं संस्करण चलाउन इन्कार गरेको बताइएको छ ।

सोमा आउन नमान्नुको कारण पैसा नभएर अरु नै भएको बताइएको छ ।

सूत्रको हवाला दिँदै भारतीय संचारमाध्यमले जनाएअनुसार सोमा सहभागीहरुवीच हुने झगडा र त्यसले उत्पन्न गर्ने बिबादका कारण सलमान हैरान थिए ।

सातौं सिजनमा उनले सहभागीको हर्कतप्रति आफ्नो हैरानी खुलेआम देखाउँदै भनेका थिए– यस्तो सो कहिल्यै नचलाउँ जस्तो लागिसक्यो ।’

आखिर उनले मनको चाहना पुरा गरेरै छाडे । कार्यक्रम निर्माताले सहभागी छनौट प्रकृयालाई अगाडी बढाइरहेका बेला सलमानले सो संचालन गर्न अस्वीकार गरेपछि निर्माता नयाँ होष्टको खोजीमा लागेका छन् ।

त्यसो भए कसले चलाउला त बिग बोस ? शाहरुख खान, अमिताभ बच्चन वा अरु कुनै नयाँ अनुहार ? यसका लागि अझै केही हप्ता कुर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?