Comments Add Comment

अमरेशलाई अर्थमन्त्रीको जवाफः म किसानको छोरा हुँ

३२ असार, काठमाडौं । अर्थमन्त्री रामशरण महतले आफूलाई विश्व बैंक र एडीबीका लागि काम गरेको र सामन्ती वर्गको पि्रतिनिधि भनेकोमा निकै दुःख लागेको बताएका छन् ।

Ram-saran-mahatसंसदमा बजेटमाथि भएको छलफलका क्रममा कांग्रेसकै सभासद अमरेशकुमार सिंहले मन्त्री महतले मधेसको सर्वस्वहरण गरेको भन्दै एडीबी र विश्व बैंकका लागि काम गरेको आरोप लगाएका थिए । साथै उनले मन्त्री महत गरीबको डाइनिङ टेबलमा नगएको भन्दै कमनर टेबलमा गए राजनीति छाड्ने बताएका थिए ।

बजेटको सैद्धान्तिक विषयमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री महतले भने-‘मलाई साह्रै दुःख लागेको छ । मलाई फ्युडल क्लसको प्रतिनिधि भन्नुभयो, तर उहाँ र मेरो पृष्ठभूमि दाँजौं । म किसानको छोरा हुँ । म आफ्नो मेहनत र बाहुबलले यो ठाउँसम्ममा आएको हुँ ।’ उनले आफू कमनसहरुसँग मिलेर नै चार पटकसम्म सांसद जितेको बताए ।

आफूलाई मधेस विरोधी भएको तथा विश्व बैंक र एडीबीका लागि काम गरेको भन्ने आरोपको खण्डन गरे । मधेसका लागि यसअघि भन्दा बढी बजेट छुट्याएको भन्दै उनले १९९० को दशकमा कांग्रेसले लिएको नीतिकै कारण मधेसमा विकास भएको दावी गरे ।

पहाडमा सडकका लागि बजेट छुट्याएको विषयलाई धेरै नउछाल्न आग्रह गर्दै उनले भने-पहाडमा सबैथोक सडक नै हो । गाडी हेर्न पनि मुस्किल छ । म पनि एक दिन हिँडेर राजधानी आएको छु ।’

पहाड र हिमालको दुःख हेर्न तराईका मानिसहरु पहाडमा र तराईको दुःख हेर्न पहाडको मानिस मधेसमा झर्नु पर्ने भन्दै उनले जातीय सद्भाव बिथाल्ने प्रयास नगर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment