Comments Add Comment

सानो व्यवसाय सुरु गर्न ५ लाखसम्म ऋणको व्यवस्था

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु तथा साना व्यवसायहरुमा कर्जा प्रवाह बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ ।

घरेलु तथा साना व्यवसायलाई प्रोत्साहन गर्न सञ्चालनमा रहेका व्यावसायलाई वाषिर्क कारोबार सामथ्र्यका आधारमा १० Small-Interpernarsलाखसम्म र नयाँ व्यवसाय खोल्न ५ लाखसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाहको व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. युवराज खतिवडाले यस क्षेत्रमा प्रवाह हुने कर्जाको सुरक्षण/बीमा व्यवस्थालाई बढी लचिलो र प्रभावकारी तुल्याउन सुरक्षण सीमा, सुरक्षण शुल्क र कर्जा जोखिम व्यवस्थामा थप छुट दिन आवश्यक व्यवस्था गरिने जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नयाँ सोँच र विचार भएका तर, लगानीयोग्य पूँजीको स्रोत नभएका साना तथा मध्यम व्यवसायी, आविष्कारकर्ता तथा उद्यमीहरुलाई शुरु पूँजी उपलब्ध गराई प्रोत्साहन गर्न ‘स्टार्ट अप फण्ड’ खडा गर्ने घोषणा गरेको छ ।

स्टार्ट फण्ड कोषबाट पूँजी प्राप्त गरी सञ्चालन गरिने उद्यम व्यवसायलाई बैंक तथा वित्तीय संस्थाहरुबाट आवश्यकताअनुसार कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु नभएका स्थानमा लघुवित्त संस्थाहरुबाट स्वीकारयोग्य धितो लिई लघुउद्यम सञ्चालन गर्न ५ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने मौदि्रक नीतिमा प्रतिवद्धता जनाइएको छ । उक्त कर्जा सम्बन्धित लघुवित्त संस्थाहरुको कुल कर्जाको एक तिहाइभन्दा बढी नहुने पनि व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment