+
+

पाहुना आएको व्यक्तिले कुट्दा ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ८:५८

४ साउन, धनगढी । घरमा पाहुनाका रुपमा बास बस्न आएका एक व्यक्तिको कुटपिटबाट धनगढी नगरपालिका-८ मनहेराका ईश्वर विष्टसहित केही व्यक्ति घाइते भएका छन् ।

बझाङ घर भई धनगढीको बेली गाउँमा बस्दै आएका रामबहादुर थापाले शुक्रबार राति विष्टको घरपरिवारका सदस्यलाई कुटपिट गरेको पीडित विष्टलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मदिरा सेवन गरी बास बस्न आएका थापाको कुटपिटबाट विष्टसहित उनका परिवारका अन्य तीन/चार जना घाइते भएका छन् ।

सेती अञ्चल अस्पतालमा उपचारार्थर् भर्ना भएका घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीले कुटपिटमा संलग्न थापाको खोजी गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?