+

११० वर्षका भिनसेन्ट : आफ्नो काम आफैं गर्छन्, अझै चलाउँछन् गाडी

२०८१ जेठ  ९ गते १८:१४ २०८१ जेठ ९ गते १८:१४
११० वर्षका भिनसेन्ट : आफ्नो काम आफैं गर्छन्, अझै चलाउँछन् गाडी

अमेरिकाको न्युजर्सी बस्ने ११० वर्षीय भिनसेन्ट ड्रान्सफिल्ड बिहानपख आफैं कार चलाएर कफी पिउन र लन्चका लागि क्याफे जान्छन् । उनको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन सामान्य घुँडा दुख्नेबाहेक ।

दोस्रो तल्लामा रहेको आफ्नो कोठासम्म उनी सजिलै जान्छन् । आफनो लुगा पनि आफैं धुन्छन् । यतिसम्म कि उनी कसैमा पनि निर्भर नभई घरमा एक्लै बस्छन् । उनलाई कुनै मद्दतको खाँचो पर्दैन । साताको एकपटक नाति-नातिना उनलाई घरमा चाहिने सामान लिएर भेट्न आउँछन् ।

उनलाई अहिले पनि यो उमेरमा कस्तो अनुभव हुँदो रहेछ भन्ने प्रश्नमा उनको जवाफ हुने गर्छ- ‘म बक्सिङ खेल्न तयार छु । म सबै कुरा राम्रोसँग व्यवस्थापन गर्न सक्छु । गाडी राम्रोसँग चलाउँछु ।’

उनी नातिनी ड्रान्सफिल्ड एरिका पनि हजुरबाले सुरक्षित र राम्रोसँग गाडी चलाएको देख्दै आएको बताउँछिन् । परिवार, साथीभाइ र उनलाई परीक्षण गर्ने चिकित्सक पनि उनको स्वस्थ दीर्घायु देखेर चकित छन् । यो उमेरमा पनि कसैको सहारा विना स्वस्थ जीवन जिउनु पक्कै पनि आश्चर्य लाग्ने कुरा हो ।

यति सक्रिय हुनुको रहस्य उनले सार्वजनिक गरेका छन् । ताकि अरुलाई पनि प्रेरणा मिलोस् ।

फूलाई मन लागेको कुरा गर्नुहोस्

भिनसेन्टले ८० वर्षसम्म अग्नि नियन्त्रणमा स्थानीय सहायक भए काम गरे । एकजनामा उनी त्यसमा प्रमुखको भूमिका पनि थिए । लामो जीवनको रहस्य के छ, जीवनमा के कुराले खुसी मिल्छ भनेर सोध्दा उनी भन्छन्- ‘अग्नि नियन्त्रण विभाग नै मेरो खुसी हो । मैले धेरै साथी त्यहीं भेटें । मेरो त्यो पेसा जागिर मात्र थिएन, मेरो मनले खाएको काम थियो ।’

उनले आफ्नो ११० वर्षको जन्मदिन पनि अग्नि विभागमै  मनाए । उनकी नातिनी लिस्टाका अनुसार बुढयौली अवस्थामा पनि उनी दैनिक काम गर्थे र तीन घण्टा हेल्थ क्लबमा जान्थे ।

‘हजुरआमाको मृत्यु भएपछि दैनिक तीन घण्टा क्लबमा बिताएपछि अग्नि विभाग जान्थे, जहाँ बूढापाका भेला भई मस्ती पनि गर्थे,’ उनी सुनाउँछिन् ।

उनले आफ्नो जीवनको ८० वर्षभन्दा बढी अग्नि विभागमा योगदान दिएका छन् । ड्रान्सफिल्ड रिटायर्डपछि पनि त्यही काम गर्न चाहन्थे । तर उनकी श्रीमतीले आराम गर्ने समय आयो भनेर जान दिइनन् ।

ध पिउँदा शरीर बन्छ

लामो र स्वस्थ जीवन हुनुमा एउटा दैनिक दूध पिउनुलाई मान्छन् भिनसेन्ट । उनले घरको आर्थिक अवस्था बुझेर आठ कक्षामा पढाइ छाडेर डेरी फार्ममा काम गर्न गए । पाँच वर्षसम्म दूध वितरण गर्ने काम पनि गरे । त्यो अवधिमा दूध पनि चाहे जति खान पाए ।

ती दिन स्मरण गर्दै उनी भन्छन्, ‘मैले फार्ममा काम गरेकाले दूध राम्रोसँग खाइरहेको थिएँ । म प्रायः त्यहीं बेलाबखतमा गएर सोच्छु उनीहरूले मेरो विकास हुन लागेको शरीरको लागि दुध पिउन दिएर मेरो हड्डीहरू बलियो भए ।’

ब्रेकफास्टपछि दैनिक दूध पिउँदा उनको आयु बढिरह्यो । उनी १०० वर्ष पुगेपछि जहाँ गए पनि सबैलाई दूध पिउन सुझाव दिन थाले ।

सक्रिय रहनु

भिनसेन्टले कहिले पनि भारी तौल उठाउन जिम गएनन् । तर जीवनभर उनी हिंड्ने, कुद्ने, घरमा काम आफैं गर्ने गरिरहे ।

‘म २१ वर्षको हुँदा अग्नि नियन्त्रण विभागमा भर्ना भएँ । जसकारण युवा उमेरमै व्यायाम गर्ने बानी बस्यो, अलार्म बन्द हुनेबित्तिकै दिनहुँ बिहान दौडिन्थे । त्यसरी ४० वर्ष चल्यो,’ उनी सुनाउँछन्, ‘त्यसपछिको ४० वर्ष मन लागेको र सकेको बेलामा दौडिन्थें ।’

जे खान्छौं त्यसमा रमाऔं

भिनसेन्टले लामो र स्वस्थ जीवनको सूत्र अर्को भनेको खानेकुरा खाँदा रमाएर आनन्द लिएर खानुलाई मान्छन् । उनलाई इटालियन खानेकुरा, ह्यामबर्गर, सलाद, मिल्क चक्लेट र अन्य मिठाइ पनि खान्थे । दैनिक एक कप कफी पिउँथे भने उत्सवहरुमा बियर पनि । तर अन्य खालको मदिरा उनी लिंदैनथे ।

आफ्नो खानपानमा पटक्कै ध्यान नदिने लिस्टा बताउँछिन् । ‘हजुरबुबा जे मन लाग्छ, त्यही खान्थे । आफ्नो शरीरको वजनमा कहिले उनको ध्यान गएन । तर पनि उनको तौल घटाउनुपर्ने दिन आएन । उनी सदाबहार फिट छन्,’ लिस्टा भन्छिन् ।

एक फायर फाइटर साथीले चुरोट प्रस्ताव गरेपछि ५० वर्षको उमेरबाट भिनसेन्टले धुम्रपान गर्न थाले । त्यसपछिको २० वर्षसम्म उनले धुम्रपान गरेर छाडे । त्यसपछि उनले फेरि कहिल्यै धुम्रपान गरेनन् ।

सकरात्मक रहनु

भिनसेन्ट आफूलाई आशावादी मानिस भन्न रुचाउँछन् । ‘हजुरबुबाको बौद्धिक क्षमता निकै राम्रो छ ।  जस्तै कि टोलको हरेक व्यक्तिको नाम उहाँलाई थाहा छ,’ लिस्टा सुनाउँछिन् ।

मान्छे चिन्न र सबैलाई माया बाँड्न पनि आयु बढिरहेको जस्तो भान हुने भिनसेन्ट बताउँछन् । ‘उहाँ सधैं यस्तो सकारात्मक सोच राख्नुहुन्छ । उहाँ हजुरआमाकै लागि बाँच्नुभयो । तर मेरी हजुरआमा बितेपछि पनि यो स्वभाव बदलिएन । उहाँ आफू सकरात्मक सोच राखेर बाँच्न कटिबद्ध हुनुहुन्थ्यो,’ लिस्टा भन्छिन् ।

आफू सकारात्मक रोच राख्ने र केही गलत हुँदा पनि कुनै अन्य तरिका नसोच्ने व्यक्तिमा पर्ने भिनसेन्ट बताउँछन् ।

सकारात्मक दिमाग र तन्दुरुस्त शरीरले ठूला रोगहरूले उनलाई छुन सकेन । ‘म मेरो जीवनकालमा धेरै भाग्यशाली छु,’ उनी भन्छन्, ‘म राम्रो काम गरिरहेको छु । र, आशा छ कि ईश्वरले मलाई त्यसरी नै राख्छन् ।’

टुडे डटकमबाट

वृद्ध उमेर वृद्ध जीवन सक्रिय जीवनशैली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?