Comments Add Comment

एमालेमा भावनात्मक एकता कायम गर्न ‘लन्च डिप्लोमेसी’

kp-oli

४ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशन पूर्व केही घच्चापच्चा भएको बताएका छन् । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरु तथा सभासदहरुका लागि आइतबार आयोजित सामूहिक भोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटै खाटमा सुत्दा भएको घच्चापच्चलाई विर्सन आग्रह गरे ।

‘फरक खाटमा सुतेको मान्छेले कहिल्यै खुट्टा बोकाउँदैन’, अध्यक्ष ओलीले महाधिवेशन अघिको दुईवटा गुटलाई इंगित गर्दै भने, ‘एउटै खाटमा सुतेको मान्छेले खुट्टा बोकाउँछ, हलचल गर्दा जिउमा लाग्छ, महाधिवेशन अघि त्यही भएको हो, अब ती कुरालाई भुलेर अघि बढौं ।’

महाधिवेशनपछि एमालेमा गुटगत विभाजन आउने कुरा नेताहरुले गलत सावित गरेको बताउँदै अध्यक्ष ओलीले अहिलेको एकतालाई एउटै खाटमा सुतेको प्रमाण भएको उल्लेख गरे । उनी आफ्नो बिगतको स्वभाव विपरित बिल्कुलै सालिन, सभ्य र सिंगो पार्टीको अभिभावकका रुपमा बोलिरहेका थिए ।

अध्यक्षको तर्फबाट आयोजित भोजन कार्यक्रममा दुबै समूहका नेताहरु उपस्थित थिए । कार्यक्रममा उपाध्यक्षहरु युवराज ज्ञवाली, वामदेव गौतम, विद्या भण्डारी, महासचिव इश्वर पोखरेल र उपमहासचिवहरु घनश्याम भुसाल र विष्णु पौडेलसहितका नेताहरु कार्यक्रममा उपस्थित थिए । दुबैपक्षका नेता र सभासदहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष ओलीले मात्र करिब २० मिनेट सम्बोधन गरेका थिए ।

तीनकुनेस्थित रोयल इभेन्टमा ओलीले नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सभासदहरुलाई दिवासभोजका लागि निम्तो दिएका थिए । दिवाभोजमा दुवै पक्षका केन्द्रीय नेताहरुलाई सहभागी गराएर ओलीले सम्बन्धलाई हार्दिक तथा सहज बनाउन लन्ज डिप्लोमेसी अख्तियार गरिएको एक नेताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment