Comments Add Comment

इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालन नाफा १९ करोड

४ साउन, काठमाडौं । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा १९ कराेड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष बैंक ५ करोड ९४ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको थियो ।

अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ८२ करोड ७५ लाख रुपैयाँ रहेको बैंकले यस अवधिसम्म ३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३१ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा निक्षेप ३५ प्रतिशत र कर्जा ४६ प्रतिशतले वृद्धि भएको हो ।

बैंकका विभिन्न स्थानमा १८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । सेवाहरुलाई स्तरीय, प्रतिस्पर्धी र समय सापेक्ष बनाउनका लागि आकर्षक ब्याज प्रदान गर्ने विभिन्न किसिमका निक्षेप योजनाहरु ग्राहकसामु ल्याएको बैंकले जनाएको छ ।

बैंकका १० वटा शाखाहरुबाट एटीएम सेवा उपलबध रहेको छ भने राष्ट्र बैंक समाशोधन गृहको सदस्यता प्राप्त गरी बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका चेकहरु ई-क्लियरिङ गर्ने सुविधा तथा विभिन्न रेमिट्यान्स कम्पनीहरुमार्फत वि्रपेषण सेवा समेत उपलबध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment