काठमाडौं । नेपाल टेलिकम र सामसुङ मोबाइल बिक्रेता इन्टरनेशन मार्केटिङ सर्भिसेज आइएमएसले संयुक्त रुपमा विशेष छुट प्याकेज ग्राहकसामु ल्याएका छन् ।
प्याकेज अन्तर्गत टेलिकमको सिमसँग सामसुङ मोबाइलका ५ मोडलमध्ये कुनै एउटा खरिद गर्दा मोबाइलमा १० प्रतिशत नगद छुट र सिममा मोबाइल सेट मूल्यको १५ प्रतिशत बराबर टक टाइम वा डाटा सित्तैमा प्राप्त गर्न सकिने छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग मिलेर यस्तो प्याकेज नेपालमै पहिलो पटक ग्राहकसामु ल्याएको आइएमएसका कार्यकारी अध्यक्ष दीपक मलहोत्राले बताए । उनले प्याकेजमा तोकिएको मोबाइल खरिद गर्नेलाई ग्राहकलाई आफुहरुले १० प्रतिशत छुट दिने र सिममा टेलिकमले १५ प्रतिशत डाटा वा टक टाइम सित्तैमा उपलब्ध गराउने बताए ।
यसरी प्राप्त हुने सेवा ग्राहकहरुले ६ महिनाका लागि प्रत्येक महिना बराबर किस्ताको रुपमा प्राप्त गर्ने आइएमएसले जनाएको छ । आइएमएसका एक्सक्लुसिभ ब्रान्ड पसलहरु तथा टेलिकमका छानिएका बिक्री केन्द्रबाट प्याकेजमा मोबाइल तथा सिम खरिद गर्न सकिने बताइएको छ ।
मोडल |
एमअरपी |
छुट |
अफर मूल्य |
डाटा मूल्य |
---|---|---|---|---|
ग्यालेक्सी एस थ्री |
३९,५०० |
३,९५० |
३५,५०० |
५,८८० |
सामसुङ कोर |
२४,२०० |
२,४२० |
२१,७८० |
३,६०० |
सामसुङ ट्रेन्ड |
१३,६५० |
१,३६५ |
१२,२८५ |
२,०४० |
सामसुङ लकोटा |
५,७०० |
५७० |
५,१३० |
८२५ |
सामसुङ गुरू |
२,२६० |
२२६ |
२,०३४ |
३३८ |
सामसुङको मोबाइल सेट ‘सामसुङ गुरु’ र ‘सामसुङ लकोटा’ मोडलमा टेलिकमले भ्वाइस सेवामा छुट दिनेछ भने सामसुङ ट्रेन्ड, सामसुङ कोर, ग्यालेक्सी एस थ्री, सामसुङ ट्याब थ्री मोडलमा इन्टरनेट डाटा उपलब्ध गराउने छ ।
यस योजना अन्तर्गत खरिद गरिएका मोबाइल सेटमा कम्पनीले एक वर्ष र एसोसेरिजमा ६ महिनाको वारेन्टी प्रदान गर्ने भएको छ । मोबाइल सेटमा देखिएका कुनै पनि समस्याहरु सामसुङको आधिकारिक सर्भिस सेन्टरबाट हल गर्न सकिने बताइएको छ ।
आइएमएसका अनुसार यस योजनामा खरिद गरिएका सम्पूर्ण मोबाइल सेट ओभर भोल्टेज, सर्ट सर्किट तथा ओभरलोड तथा इनपुट रिभर्सजस्ता समस्याबाट सुरक्षित रहनेछन् ।
टेलिकम र आइएमएसवीच भएको यो साझेदारी तीन वर्षसम्मका लागि कायम रहने बताइएको छ । यस विचमा सामसुङले कुनै मोडलको उत्पादन तथा वितरण बन्द गरेमा वा मोडलको स्तरोन्नती गरेमा स्तरोन्नती गरेका मोडल यसै योजनामा समावेश गरि बिक्री गरिने आइएमएसले जनाएको छ ।