+
+

कृषिलाई पर्यटनसँग जोड्न मन्त्रीको व्यवसायीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ५ गते १६:३३

Tourism
५ साउन, काठमाडौं । पर्यटनमन्त्री भीम प्रसाद आचार्यले कृषिलाई पर्यटनसँग जोडेर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । सोमबार नेपाल पर्यटन पत्रकार मञ्च (टिजेएफ-नेपाल) को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सगरमाथा, पोखरा, लम्बिनी, अन्नपूर्ण र चितवनमात्र नभई दुर्गम ग्रामिण क्षेत्रका स्थानीय वासीको आर्थिक र सामाजिक स्तर विकास गर्न कृषि पर्यटनमा जोड दिनुपर्ने बताएका हुन् ।

पर्यटनको विविधताका लागि कृषि पर्यटनमा सञ्चारकर्मीको भूमिका निकै सह्रानीय भएको बताउँदै मन्त्री आचार्यले व्यवसायीलाई एक ढिक्का भएर अघि बढ्न सुझाव समेत दिएका छन् । टीजेएफसँग सहकार्य गरेर अगाडी बढ्ने र पर्यटन पत्रकारहरुको वृद्धि विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा निवर्तमान पर्यटनमन्त्री रामकुमार श्रेष्ठले नयाँ-नयाँ पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । टे्रकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल -टान) का अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रमा देखिएका चुनौतिलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बेला आएको बताएका छन् ।

टानका पूर्व महासचिव मोहन लम्सालले कृषि पर्यटनका लागि नेपाल नमुना बन्न सक्ने उल्लेख गर्दै कृषि पर्यटनलाई प्याकेजको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)का अध्यक्ष हरेराम बरालले पर्यटनको विविधताका लागि कृषिलाई जोड्नुपर्ने बताए । कृषि पर्यटनका लागि पञ्च वर्षिय, दश वर्षिय र पन्ध्र वर्षिय योजना बनाएर अघि बढ्न सकेमात्रै कार्यक्रमले सार्थकता पाउने उनको भनाई थियो ।

यसैबीच टीजेएफले पर्यटन पत्रकारहरुको आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाको पत्रकारिता कल्याणकारी कोष स्थापना गरेको छ । त्यस्तै, वर्षभरिका एक जना उत्कृष्ट पर्यटन पत्रकारलाई २५ हजार धनराशी सहितको टुरिजम जर्नालिष्ट म्यान अफ दि इयर अवार्डबाट सम्मान गर्ने र हरेक वर्ष दुई जना पत्रकारलाई टिजेएफ नेपाल पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै जाने अध्यक्ष शिव अधिकारीले घोषणा गरे ।

शिव अधिकारीको अध्यक्षतामा गठित टीजेएफ-नेपालको प्रथम उपाध्यक्षमा विकास लोहनी, द्धितीय उपाध्यक्षमा मधुजं पाण्डे, महासचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा प्रकाश खालिङ र सचिवमा संगम बानिया रहनुभएको छ । त्यस्तै सदस्यहरुमा नविन अर्याल, गोविन्द चिमोरिया, कल्पना महर्जन, तिर्सना गिरी, मुकुन्द ढुंगाना, मानछिरिङ तामाङ, भुमराज तिवारी, नारायण पौडेल, शंकर पण्डित, विष्णु पोखरेल, आभा शर्मा, सिपी अधिकारी, नवीन काफ्ले, भागवत भट्टराई, अनिल नेपाली, सोभित थपलिया र सिवी अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?