Comments Add Comment

ज्वेलरी डिजाइन तालिम सुरु

Jwalari
५ साउन, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले साउन ५ गतेदेखि पहिलो चरणको स्वीफ्ट ज्वेलरी डिजाइन तालिम सुरु गरेको छ । साउन ९ गतेसम्म चल्ने कोर्ष महासंघले गरगहना क्षेत्रमा प्रख्यात जेमोलोजिकल इन्स्टिच्यूट अफ अमेरिकासँगको सहकार्यमा तालिम सुरु गरेको हो ।

नेपाली गरगहना व्यवसायीहरुको लागि यो तालिमको आवश्यकता तथा आधुनिक डिजाइनहरु सहित अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि तालिम सञ्चालन गरिएको हो ।

व्यवसायीहरुका लागि यस किसिमको प्रशिक्षणबाट गुणस्तरयुक्त नयाँ डिजाइनको गरगहना उत्पादन गर्न सहयोग पुग्नुका साथै निर्यात गर्न विशेष योगदान पुग्न जाने महासंघका अध्यक्ष रमेश महर्जनले विश्वास लिएका छन् । यस प्रशिक्षणका लागि गिया इन्डियाका प्रख्यात ज्वेलरी डिजाईनर पल्लवी फोली प्रशिक्षकका रुपमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment