बलिउड नायिका आलिया भट्ट २१ बर्षको उमेरमै सर्वाधिक चर्चामा छिन् । विशेषगरी उनले अभिनय गरेका सवैजसो सिनेमा बक्स अफिसमा सफल छन् । यसैले पनि उनको चर्चा भोलीको सुपरस्टारको रुपमा हुन थालेको छ ।
तर नायिका भट्ट भने बल्ल खुशी देखिएकी छिन् । यसको मुख्य कारण साहिद कपुर हुन् । आलिया साहिद कपुरसँग नयाँ चलचित्र ‘शानदार’मा अभिनय गर्ने तयारी गर्दैछिन् । साहिदसँग काम गर्न पाउँदा उनी सर्वाधिक मख्ख छिन् ।
आलियाले आफ्ना साहिदसँग ११ बर्षको उमेरमै प्रेम बसेको बताएकी छिन् । आलियाले भनिन्-‘साहिदलाई त म ११ बर्षको उमेरबाट नै मन पराउँछु । आज उनीसँग सिनेमा खेल्न पाउँदा एकदमै उत्साहित छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4