+
+
Shares

कात्तिक १ मा हङकङमा नेपाली फिल्मको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ७ गते १०:१६

hongkong-aaward
अन्तत यसअघि मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गरेको चलचित्र प्राविधिक संघले सातौ अवार्डको मिति र स्थान पनि पक्का गरेको छ । हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक १ गतेलाई अवार्डको मिति तय गरिएको हो ।

कुल २ करोडको बजेटमा अवार्ड आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघसंग सहकार्य गर्दै यस पटक अवार्ड आयोजना गर्न लागेको हो ।

आफूहरु जे सोचले आएका थियौ, त्यसैअनुसार सबै कुरा फाइनल भएको निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र कार्यक्रम संयोजकको जिम्मा पाएका बाबुराम दाहालले पनि आफ्नो कुरा राखेका थिए । यसअघि नेपाल चलचित्र प्राविधिक संघले निर्माता सुवास गिरीको सुवास इन्टरटेन्मेन्टस“गको सहकार्यमा अवार्ड आयोजना मलेसियामा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?