Comments Add Comment

लक्ष्यभन्दा २६८ करोड बढी राजश्व असुली

८ साउन, काडमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७०/०७१ मा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशत बढी अान्तरिक राजश्व असुली गर्न सफल भएको छ । यस अवधिमा विभागले एक खर्ब ४० अर्ब ४४ करोड २८ लाख रुपैयाँ अान्तरिक राजश्व असुली गरेको छ । अघिल्लो वर्ष विभागले एक खर्ब १८ अर्ब २३ करोड रुपैयाँ राजश्व असुली गरेको थियो ।

समिक्षा वर्षमा विभागले एक खर्ब ३७ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको थियो । तर, विभाग लक्ष्यभन्दा २ अर्ब ६८ करोड रुपैयाँ राजश्व बढी असुल गर्न सफल भएको छ ।

विभागका अनुसार सबैभन्दा आयकरबाट ७७ अर्ब ८० करोड ६३ लाख रुपैयाँ संकलन भएको छ । यो रकम लक्ष्यको तुलनामा १ प्रतिशतले बढी हो । त्यस्तै, मूल्य अभिवृद्धि कर लक्ष्यको तुलनामा ५ प्रतिशत बढी ३४ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ उठेको छ । अन्तःशुल्क २७ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ उठेको छ । जुन रकम लक्ष्यको २ प्रतिशत बढी हो ।

त्यसैगरि, शिक्षा सेवा शुल्क ४३ करोड ४७ लाख रुपैयाँ र र स्वास्थ्य सेवा कर ४४ करोड ४ लाख रुपैयाँ असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा क्रमशः १४ र १६ प्रतिशत बढी रहेको छ ।

समिक्षा वर्षमा अघिल्लो वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २१ प्रतिशत, अन्तशुल्क २४ प्रतिशत, स्वास्थ्य सेवा कर ३१ प्रतिशत र शिक्षा सेवा शुल्क ३६ प्रतिशत बढी असुली भएको विभागले जनाएको छ ।

Income tax

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment