Comments Add Comment

बाबुरामको जिल्लामा समानान्तर कमिटी गठन

१० साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई पक्षले गोरखामा समानान्तर कमिटी बनाएका छन् । भट्टराई पक्षीय नेताहरुले शनिबार समानान्तर जिल्ला कमिटी गठनको घोषणा गरेका हुन् ।

अध्यक्षमा यानप्रसाद भट्ट छन् । ५१ सदस्यीय कमिटीमा दुई पदाधिकारी र १५ सदस्य भने अर्को बैठकबाट चयन गरिने भट्टले बताए । पत्रकार सम्मेलनमा भट्टले आफूहरु नै आधिकारिक कमिटी भएको बताए । उनले भने-आजबाट जिःलामा अर्को एमाओवादी छैन् । संस्थापन भने पजि अरु जे भने पनि हामी नै जिल्लाको आधिकारिक माओवादी हो ।’

जिल्ला कमिटीको चुनावमा संस्थापन र भट्टराई पक्षले प्यानल नै बनाएर चुनाव लडेका थिए । तर, ३८ मध्ये चार सदस्यमा मात्र भट्टराई पक्ष विजयी भएको थियो ।

भट्टराई पक्षले तीन वटै निर्वाचन क्षेत्र संयोजक र १३ वटै इकाइ अध्यक्ष पनि चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment