+
+
Shares

भित्री बस्त्र देखाएपछिकाे स्टाटसमा प्रियंकाको भनाई-‘ आवेगमा लेखेँ’

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते १०:४३

priyanka-hot
अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा लेखेको एक स्टाटसका बिषयमा आफूले आवेगमा आएर लेखेको भन्दै फिर्ता लिएको जनाएकी छिन् । नायिका कार्कीले चलचित्र ‘नाई नभन्नु ल २’ को सफलता पार्टीमा पहिरन सम्हाल्न नजान्दा मिडियामा उनको भित्री बस्त्र देखिएको तस्बिर सार्वजनिक भएको थियो । तर, उनले यसलाई पत्रकारले फोटोसपमार्फत् आफ्नो तस्बिर बिगारेको भन्दै अपशब्द सहितको स्टाटस लेखेकी थिइन् ।

यसपश्चात चलचित्र पत्रकार जीवन पराजुलीले प्रियंकाको स्टाटसले पत्रकारिता र पत्रकारहरुको नै धज्जी उडाएको भन्दै चलचित्र पत्रकार संघमा उजुरी दिएका थिए ।

नायिका कार्कीसँगको विवाद टुङगिएको चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रियंकाले चलचित्र पत्रकार संघको नाममा पत्र लेख्दै भनेकी छिन्-‘संचारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउँदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नका लागि मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोँच राखेर नै उक्त स्टाटस सम्मानपूर्वक आफ्नो शब्दहरु फिर्ता लिँदै हटाएँ ।’

‘जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्ण मामला यहि नै टुङि्गने मैले वुझेकी छु ।’ नायिका कार्कीले पत्रकार र कलाकारको सहकार्य सधै रहिरहोस् भन्दै निवेदन पेश गरेकी हुन् । चलचित्र पत्रकार संघले आउँदा दिनहरुमा पनि यस्ता घटना भएका सहजिकरणको भूमिका निर्वाह गर्न तत्पर रहेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?