Comments Add Comment

पैसा लफडाले राजकुमार र प्रभुशम्शेर हनुमानढोकामा

rajkumar-rai
निर्माता संघका अध्यक्ष राजकुमार राई र निर्माता प्रभुशमशेर राणाविच लफडा भएको खबर छ । पैसा लेनदेनको बिषयमा राजकुमार र प्रभुविच लफडा भएको हो । सोमबार अध्यक्ष राईले राणासँग आफूले लिनुपर्ने रकम माग्दा नदिएपछि आइकोर फिल्मस्का केही सामान उठाएका थिए ।

निर्माता राइले करिब लिनुपर्ने रकम २५ लाख तिर्न भनिरहेका थिए । तर राणाले आफूले लिएको रकम भन्दा कैयौ धेरै रकम व्याज तिरेपछि बाँकी रकम तिर्न नसक्ने जनाएका थिए । सोमबार निर्माता राइले रकम नदिएको भन्दै आइकोर मुभिजका सामान उठाएपछि तनाव सुरु भएको हो ।

सिने बजारमा निर्माता राइले चर्को ब्याजमा रकम निर्माताहरुलाई दिने गरेको खबर खासै नौलो होइन । यतिबेला हनुमान ढोकामा कुराकानी चलिरहेको छ । निर्माता राई हनुमान ढोका जानुअघि प्रधानमन्त्री कार्यलय पुगेको पनि चर्चा छ ।

यता अनलाइनखबरले लफडा के हो भनेर सोध्दा उजुरी दिने निर्माता प्रभुशमशेरले नै केही होइन भन्दै घटना लुकाउन खोजे । उनले कोही होइन ल है भन्दै फोन काटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment