Comments Add Comment

फिल्म जुध्दा नम्रतालाई घाटा, प्रमोशनमा कम स्थान

namarata-shrestha

एउटै कलाकारको सिनेमा एकै मितिमा चल्दा उसलाई फाइदा होइन, घाटा हुन्छ । यसैले, कलाकारले आफ्नो सिनेमाको प्रदर्शनको व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्नुपर्छ भनिन्छ । यतिबेला, नायिका नम्रता श्रेष्ठलाई यस्तै भएको छ । भाद्र ६ गते उनले अभिनय गरेको दुई चलचित्र ‘ताण्डव’ र ‘सम्बोधन’ प्रदर्शनमा आउँदैछन् ।

तर दुबै सिनेमाका निर्माताहरु नायिका श्रेष्ठलाई प्रमोशनमा खासै अगाडि ल्याउन चाहदैनन् । यसको मुख्य वुझाई अर्को सिनेमालाई फाइदा पुग्छ भन्ने हो । सिनेमाको पत्रकार सम्मेलनमा देखिएपनि नम्रतालाई अन्य गतिविधीमा सहभागी गराउने योजनामा छैनन्, दुबै सिनेमाका निर्माताहरु । ‘ताण्डव’को निर्माणपक्षले र्‍यापर आशिष राना ‘लाहुरे’लाई प्रमोशनको हतियार बनाएको छ ।

यता ‘सम्बोधन’को मेकर दयाहाङ राई र विनय भट्टलाई प्रमोशनको हतियार बनाउन चाहन्छ । नम्रताको नाम अगाडि सार्नु नै दुश्मन सिनेमालाई फाइदा पुग्छ भन्ने वुझाई दुबैका मेकरको हो ।

सिने नगरीमा दुबै सिनेमा सर्वाधिक चर्चा र प्रतिक्षामा छन् । यसअघि चलचित्र ‘नोभेम्बर रेन’ चलेपछि पनि नायिका नम्रता श्रेष्ठलाई भन्दा छुल्ठिम गुरुङलाई फाइदा पुगेको थियो । हेर्न बाँकी छ, दुई सिनेमा चलेको खण्डमा यसको जस नम्रताले पाउनेछिन् या छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment