Comments Add Comment

संसदमा विनियोजन विधेयकमाथि छलफल

१५ साउन, काठमाडौं । व्यवस्थापिका-संसदमा विनियोजन विधेयकमाथि बिहीबारदेखि छलफल हुने भएको छ ।
चालु आवको बजेट सार्वजनिक भएको १७ दिनपछि राष्ट्रिय योजना आयोगले सांसदहरूलाई बुधबार रातो किताब उपलब्ध गराएकाले विधेकयमाथि आजदेखि छलफल हुन लागेको हो ।
आयोगले समयमै ‘रातो किताब’ उपलब्ध गराउन नसक्दा व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकमाथिको छलफल प्रभावित हुन पुगेको थियो । विधेयकमाथि छलफल गर्न संसद् सचिवालयले यही साउन ८ गतेदेखि आगामी भदौ ५ गतेसम्म दैनिक कार्यसूची तयारसमेत पारेको थियो ।
जिल्लागत योजना तथा कार्यक्रम र तिनका लागि छुटयाइएको रकम उल्लेख भएको विस्तृत पुस्तकलाई रातो किताब भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment