+
+
Shares

घुस लिँदालिँदै उपसचिवसहित पाँच कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १५ गते १९:४९

Akhtiyar Durupayog१५ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरका  उपसचिवलाई घुुस लिँदै गरेको अवस्थामा बिहीबार पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कार्यालयमै घुस ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उपसचिव सुरेशकृष्ण शर्मासहित दुई अधिकृतलाई पक्राउ गरेको हो । उपसचिव शर्मासँगै पक्राउ पर्नेहरुमा सोही कार्यालयका लेखा अधिकृत यादवबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनबहादुर कठायत रहेका छन् ।

अख्तियारले बिहीबारै विशेष भौतिक पूर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई पनि घुस सहित पक्राउ गरेको छ । अख्तियारको टोलीले अधिकारीबाट ४० हजार रूपैयाँ र श्रेष्ठबाट पनि ४० हजार रुपैयाँ घुस रकम बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?