+
+
Shares

तीन वर्षभित्र पाँचतारे होटलमा हजार कोठा थप्ने पर्यटन मन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १६ गते १३:५८

१६ साउन, काठमाडौं। पर्यटन मन्त्री भीम आचार्यले संविधानसभाको दोस्रो निर्वाचनपछि नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका बताएका छन् ।

bhim-acharya‘नेपालमा विस्तारै लगानीको वातावरण बन्दैछ’ मन्त्री आचार्यले भने, ‘संविधानसभाको दोस्रो निर्वाचनपछि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत लगानीप्रति आकर्षित हुन थालेका छन् ।’

सूर्यकिरण श्रेष्ठले लेखे ‘होटल व्यवस्थापन एक सरल जानकारी’ पुस्तकको शुक्रवार विमोचन गर्दै मन्त्री आचार्यले तीन वर्ष भित्रमा नेपालमा पाँचतारे होटलमा कम्तीमा एक हजार कोठा थपिने बताए ।

‘व्यवस्थापनका विद्यार्थीका लागि त्यो अवस्थामा रोजगारीको अवसर मिल्ने निश्चित छ’ मन्त्री आचार्यले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागिपरेको छ ।’ उनले व्यवस्थापनको ज्ञान भएमा साना-साना होटलमा थोरै पूँजी लगानी गरेर पनि करोडौँ कमाउन सकिने दाबी गरे ।

माइलस्टोन प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक चिया पसलदेखि अति विशिष्ठ श्रेणीका होटल, होटल व्यवसाय सुरु गर्न चाहने व्यवसायी तथा होटल व्यवस्थापनका सबै तहका विद्यार्थीका लागि उपयोगी हुने लेखक श्रेष्ठले बताए ।

कार्यक्रममा माइलस्टोन कलेजका अध्यक्ष डा. विजय पौड्यालले पुस्तक नेपाली संस्कृति बुझाउने पहिलो भएको दाबी गरे । उनले सामान्य बोलीचाली र सरसफाईको अभावमा होटल व्यवसाय फस्टाउन नसकेको भन्दै पुस्तकमा ती विषय पनि समावेश भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?