Comments Add Comment

न्याम्समा पदाधिकारी नियुक्त नहुनुमा प्रधानमन्त्री दोषी : स्वास्थ्यमन्त्री

१६ साउन, काठमाडौं । स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्रीकै कारण वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियक्त हुन नसकेको आरोप लगाएका छन् ।

सिफारिस समितिले उपकुलपतिका लागि तोकिएकै समयभित्र नाम सिफारिस गरेता पनि कुलपति समेत रहेकाप्रधानमन्त्री सुशील कोइरालाले अनुमोदन नगरेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले भने-सिफारिश समितिले गरेको सिफारिसलाई अनुमोदन नगर्दा आश्चर्यमा परेको छु ।’

उपकुलपति नियुक्त नहुँदा अन्य पदाधिकारीको नियुक्ति हुन नसकेको भन्दै उनले उपकुलपति नियुक्त भएको दुई दिनभित्रै सवै पदाधिकारी नियुक्त गर्ने बताए । उनले भने-‘म आन्दोलनकारीको माग पूरा गर्ने पक्षमा छु । त्यसका लागि मैले तत्काल नै सिटि स्क्यान र एमआरआई खरिद गर्न निर्देशन दिसकेको छु ।’

मन्त्री अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि सवै खाले सहयोगको सम्भाव्यतावारे छलफल गर्ने बताए । भारतीय सहयोगमा बनेको नेपाल-भारत मैत्री ट्रमा सेन्टरको निरिक्षण गराउने भन्दै उनले भने-‘हामी यो ट्रमा सेन्टरलाई सञ्चालन गर्न भारतीय प्रधानमन्त्री आएको वेला कुरा उठाउँछौं ।’

उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा स्वास्थ्यसम्बन्धि टोकन अफ लभ का रुपमा केही दिउन भन्ने लागेको बताए । उनले भने-मोदी सार्क शिखर सम्मेलनका लागि नेपाल आउँदा हामी उहाँको उपस्थितिमै ट्रमा सेन्टरको सञ्चालन गर्ने पक्षमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment