Comments Add Comment

ओम फाइनान्सले कमायो १४ करोड १६ लाख

१८ साउनका काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको ओम फाइनान्सले आर्थिक वर्ष २०७०/०७१ मा १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।

महाप्रबन्धक वुद्धि मल्लका अनुसार सो अवधिमा फाइनान्सले ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष निक्षेप २० प्रतिशतले र कर्जा ६ प्रतिशतले बढी हो ।

यस अवधिमा फाइनान्सको खराब कर्जा १.५५ प्रतिशत रहेको छ भने पुँजी पर्याप्तता अनुपात १३.१२ प्रतिशत, प्रतिसेयर आम्दानी २८ प्रतिशत रहेको मल्लले जानकारी दिए ।

फाइनान्सले स्थानीय कामना विकास बैंकसँग मर्जरमा जानका लागि सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा आवेदन दिएको छ । मर्जपछि राष्ट्रियस्तरको विकास बैंकको रुपमा ओम विकास बैंकको नामबाट कारोबार गर्ने मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment