+
+
Shares

रणवीर र दीपिका अर्को बर्ष बिबाह गर्दै !

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १०:३४

dipika-and-ranbir-singh
फिल्म ‘रामलिला’ मार्फत् आफ्नै प्रेमलिला सुरु गरेका रणवीर सिंह र दीपिका पादुकोणले अर्को बर्ष बिबाह गर्ने तयारी गरेका छन् ।
भारतीय संचारमाध्यमले उनीहरुले बिबाह गर्ने ‘हल्ला’ सत्यको नजिक भएको दावी गर्दै समाचार छापेका छन् ।

रणवीर र दीपिकासँगै काम गरेको फिल्म युनिटका एक सदस्यले भने- उनीहरु आफ्नो सम्बन्धप्रति निकै गम्भिर छन, अर्को बर्षभित्र बिबाह गर्ने तयारी गरिरहेका छन् ।’
सार्वजनिक स्थानमा साथीको जस्तो ब्यबहार देखाए पनि एक्लै हुनासाथ एकअर्काप्रति माया देखाउन कुनै कन्जुस्याईं नगर्ने उनले दावी गरेका छन् ।
फिल्म रामलिला चलाउन उनीहरुले मिडिया स्टन्ट गरेको हुनसक्ने धेरैले अनुमान गरेपनि उनीहरु दुवैवीच निकै गहिरो प्रेमसम्बन्ध रहेको बताइएको छ ।

हालै मात्र चलचित्र ‘दिल धड्कने दो’को छायांकनका क्रममा रणवीर इस्तानबुलमा थिए । सोही समयमा दीपिका पनि त्यहाँ पुगेकी थिइन् । चलचित्रका एक कलाकारका अनुसार दीपिकालाई देखेपछि उनी छक्क परे । उनले चलचित्रकी निर्देशक जोया अख्तरलाई चलचित्रमा दीपिकाको विशेष भूमिका हो भनेर सोधेका थिए ।

तर जोयाले होइन भनेपछि फिल्म यूनिटमा यसको चर्चा खुबै भएको थियो । दीपिका र रणवीरले इस्तानवुलमा निक्कै रमाइलो समय बिताएका थिए । दुई कलाकार अब चलचित्र ‘बाजिराओ मस्तानी’मा काम गर्दैछन् । दीपिका र रणवीरले चलचित्र ‘रामलिला’को छायांकनबाट आफ्नो प्रेमलाई एउटा उचाई दिएका थिए ।

त्यसो त दीपिकाको जीवनमा आएका यी पहिलो रणवीर हैनन् । यसअघि रणवीर कपुरसँग उनको प्रेम सम्बन्ध थियो । त्यो सम्बन्धप्रति उनी यति बिश्वस्त थिइन कि उनले आफ्नो गर्धनमा रणवीरको नाममा स्थायी ट्याटु नै बनाएकी थिइन् । तर, कपुरले दीपिका छाडेर कटि्रनातिर लागेपछि उनको अफयेयर सिंहसँग सुरु भएको हो ।

रणवीर कपुरले पनि कट्रिनासँग बिबाह गर्ने पक्कापक्की गरेको बताइएको छ । सम्भवतः सन् २०१५ मा दुवै कपुर बिबाह बन्धनमा बाँधिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?