Comments Add Comment

सिडनीमा तेरियाले नचाइन नेपालीलार्इ (भिडियोसहित)

teriya

सिडनी । डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले अस्ट्रेलियामा बेजोड प्रस्तुत गरेकी छन् । सिडनीको हर्सभिलको मराना औडिटोरियममा भएको कार्यक्रममा मन्तव्य दिँदै तेरियाले

आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासीको मन जित्न सफल भएकी छिन । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले भनिन्- ‘म आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको हैन,  संसारभरी छरिएर रहनु भएका नेपालीहरुले मलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको हो ।’ आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने  तेरियाले बताइन ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्तिदूत” समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन ।

अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरेकी ‘तेरियाले नेपालकी छोरी हुँ म’ नेपाली गीतमा पनि आफ्नो नृत्य प्रदर्शन गरेकी थिइन । कार्यक्रममा न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्का र मेघराज श्रेष्ठले प्रदान गरेको जनही १-१ लाख र दिवाकर काफ्लेले १० हजार  नगदसहित प्रसंशाले सम्मान गरिएको थियो ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल र गायक रामजी खाँड र केही स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment