Comments Add Comment

बेन्जिमा २०१९ सम्म रियल मड्रिडमै बस्ने

Benzima

२२ साउन काठमाडौं । फा्रन्सेली स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस जायन्ट रियल मडि्रसँग नयाँ सम्झौंतामा हस्ताक्षर गरेका छन् । इङ्लिस क्लबहरु आर्सनल, लिभरपूल र टोटनहृयामले किन्न चाहिरहेको बेला बेन्जिमाले मड्रिडसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नयाँ सम्झौता अनुसार २६ बर्षीय फ्रेन्च स्ट्राइकर बेन्जिमा ३० जुन २०१९ सम्म बर्नाबेयूमा रहने छन् । सन् २००९ मा लियोनबाट रियलसँग आबद्ध भएका उनले २३५ खेलमा १११ गोल गरेका छन् ।

बाजिलमा भएको २०१४ को विश्वकपमा फा्रन्सले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा उनले ३ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment