+
+
Shares

सोल्टी होटलको नाफा ३२ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २३ गते ११:४५

२३ साउन, काठमाडौं । राजधानीमा सञ्चालित पाँच तारे होटल सोल्टीको खुद नाफा ३२ प्रतिशतले बढेको छ । होटलले आर्थिक वर्ष २०७०/०७१ मा २२ करोड १८ लाख २४ हजार रुपैयाँ नफा कमाउन सफल भएको छ ।

solti-hotelहोटलले शुक्रबार प्रकाशित गरेको अपरिस्कृत विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा होटलले १६ करोड ८६ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

होटलले गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा करिव १४ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष होटलले १ अर्ब २१ लाख ४९ लाख रुपैयाँ  सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष होटलको फुड एन्ड बेभरेजमा १८ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ भने तलब भत्तामा ३३ करोड ९५ लाख रुपैयाँ र सञ्चान तथा प्रशासनिक खर्च ४० करोड ३२ लाख रुपैयाँ लागेको छ ।

होटलको समिक्षा वर्षमा कुनै ऋण नरहेको हुँदा ब्याजको लागी रकम विनियोजन गर्नुपरेन । जबकी अघिल्लो वर्ष होटलले ऋणको ब्याजवापत ६ लाख रुपैयाँ तिर्नुपरेको थियो । होटलले नाफाको कर बुझाउन ७ करोड ९७ लाख ६१ हजार रुपैयाँ छुट्टाएको छ । जबकी अघिल्लो वर्ष करका लागी ६ करोड ६ लाख ३१ हजार रुपैयाँ छुट्टाइएको थियो ।

होटलको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ ३३ रुपैयाँ ४९ पैसा, प्रतिशेयर कुल सम्पत्तीको मूल्य ५३ रुपैयाँ ६२ पैसा, प्रतिशेयर बजार मूल्य (रु. १० प्रतिशेयर) ५८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७८.८० गुना रहेको छ ।

अप्रत्यासित रुपमा घट्ने पर्यटक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु समस्याका रुपमा रहेको होटलले बताएको छ । देशमा पर्यटन सम्बन्धी पर्याप्त भौतिक पूव्र्ााधारहरुको विकासको कमीबाट होटल व्यवसायमा नकरात्मक असर परेको बताइएको छ ।

विदेशी विनिमय दरमा हुने अप्रत्यासित परिवर्तन, उर्जा संकट, अनियमित विद्युत कटौती, इन्धन तथा तत्सम्बन्धी औद्योगिक पदार्थमा हुने प्रत्याशित उच्च मूल्य वृद्धि तथा आकाशिंदो उपभोग्य पदार्थको मूल्यवृद्धि र श्रम समस्याहरुबाट होटल प्रत्यक्ष अप्रत्यक्ष प्रभावित भएको होटलले बताएको छ ।

त्यसैगरि, पर्यटन उद्योगमा देखा परेको औद्योगिक अशान्ती र होटलमा सञ्चालित क्यासिनो बन्द हुँदा पर्यटक आगामनमा प्रतिकुल प्रभाव परेको तथा अन्तर्राष्ट्रिय हवाई सिट क्षमताको कमीबाट पनि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परेको होटलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?