Comments Add Comment

कल्याणकारी समाज यूएईले नेपालका बाढी पीडितलाई सहयोग गर्ने

गीता मणि पाण्डे

दुबई । नेपाली कल्याणकारी समाज युएईले सिन्धुपाल्चोक तथा संखुवासभाका बाढी पीडितलाई सहयोग गर्ने भएको छ ।  बाढी पीडितलाई सहयोग गर्न हरितालिका तीजको अबसरमा शुक्रबार दुबईको क्रिक पार्कमा बिविध मनोरञ्जनात्मक कार्यक्रमसहित भरपुर मनोरञ्जनका साथ भरपेट दर सहित बिभिन्न प्रकारका परिकारहरु खुवाउने कार्यक्रम समाजले राखेको छ । सोही कार्यक्रमबाट भएको मुनाफाबाट सिन्धुपाल्चोक तथा संंखुवासभाका बाढी पहिरो पीडितलाई सहयोग गरिने छ ।

संस्थाका उपाध्यक्ष तुल्सीराम पौडेल तथा संस्थापक सदस्य एवं सल्लाहकार शोभा भण्डारीले दिएको जानकारी अनुसार संस्थाले बिषेशगरी हिन्दू नारीहरुको चाड हरितालिका तीजलाई मध्येनजर गरी यूएईमा कार्यरत् सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई लगायत सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रहगर्दै भरपुर मनोरञ्जन का साथ बिभिन्न नप्रकारका परिकारहरुको स्वाद लिँदै पेटभरी दर खाई रमाईलो संग बिदेशी भुमिमा यो चाड मनाउन सबै लाई आग्रह गरेका छन् ।

साथै उनीहरुले नेपाली कला संस्कृतिको जर्गेना गर्दै बिदेशी भुमिमा नेपाल र नेपालीहरुको पहिचान बढाउनु पर्दछ यसका लागि प्रवासी नेपाली तथा यससंग सम्बन्धित सबैले अहम भूमिका निर्वाह गर्नु पर्दछ भन्दै उपस्थितहुन सबैलाई अनुरोध गरेका छन् । उक्त संस्थाले बिगतका धेरै बर्ष देखि यस्ता बिविध चाड पर्व, सांस्कृतिक तथा अन्य किसिमका कार्यक्रम हरु प्रसस्त मात्रामा गर्दै धेेेरैे नेपालीहरुलाई सहयोग एवं बिधिन्न समस्यामा परेका बिद्यार्थी, बिभिन्न बिद्यालयहरुलाई आर्थिक तथा भौतिक सहयोग ज्येष्ठ नागरिकहरुलाई सहयोग सम्मान, दैबि प्रकोप जस्ता आपत् कालिन अबस्थामा सहयोग र समस्यामा परेका कुनेै पनि नेपाली लाई सहयोग प्रदान गर्दै आएको यो संस्था यूएईको इतिहामा महिलाले नेतृत्व गरेको पहिलो संस्था हो पुरुषहरुको सम्मिश्रण भएता पनि निस्पक्ष स्वतन्त्र र समानुपातिक रुपमा चलेको यस संस्थाले नेपाल र नेपालीहरुको हितका लागि थुप्रै उद्धेश्यहरु बोकेर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment