Comments Add Comment

‘चिनियाँ एप्पल’ का नक्कली आइफोनले सामसुङको व्यापार चौपट, अनलाइन जाम

xiaomi‘चिनियाँ एप्पल’ को नामले समेत चर्चा कमाएको चीनको स्मार्टफोन निर्माता कम्पनी जिआओमी स्मार्टफोन दुनियाँका दुर्इ हस्ती सामसुङ र एप्पललार्इ टाउको दुखाइको बिषय बनेको छ । हेर्दा दुरूस्त एप्पलका उत्पादन जस्ता लाग्ने तर एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने यी फोनले चीनमा सामसुङको बजार खस्काइसकेको छ ।

त्यतिमात्र हैन, सस्ता फोनका लागि बिश्वकै अर्को ठूलो बजारमा भारतमा पनि यसले तहल्का मच्चायो ।  अनलाइन सपिङ साइट फि्लपकार्टमार्फत स्मार्टफोन किन्न चाहने ग्राहकको अत्यधिक ट्राफिकका कारण गएको मंगलबार उक्त वेबसाइट नै क्र्यास भयो ।

अनुसन्धान र्फम क्यानालिसका अनुसार चीनको स्मार्टफोन बजारमा सामसुङलाई पछार्दै जिआओमी नम्बर एक बन्न सफल भएको छ । दोश्रो त्रैमासिकको व्यापारिक तथ्यांकमा स्वदेशी कम्पनी जिआओमीले लामो समयदेखि पहिलो नम्बरमा रहेको सामसुङलाई पछि पारेको हो ।

तथ्यांक अनुसार चिनियाँ स्मार्टफोन बजारमा जिआओमीको हिस्सा १४ प्रतिशत छ भने सामसुङको १२ प्रतिशतमा झरेको छ । त्यस्तै लेनोभो र युलोंगको १२-१२, हुवेइको ११ र अन्यको ३९ प्रतिशत छ । यो तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन बजारमा अग्रणी स्थानमा रहेका ५ निर्माता मध्ये ४ वटा स्वदेशी कम्पनी नै रहेका छन् र एप्पल तथा सामसुङको बजार हिस्सा खुम्चिँदो छ ।

xiaomi2
चीनमा सर्वाधिक बिक्रि हुने पाँच ब्रान्डले सन् २०१४ को दोस्रो चैमासमा गरेको बिक्रिको अबस्था । चार्टः क्यानालाइसिस

जिआओमी विश्वको निकै तिब्र दरमा वृद्धि भैरहेको स्मार्टफोन निर्माता कम्पनी हो । यसले ग्यालेक्सी एस फाइभ तथा आइफोन फाइभ एस जस्ता नामूद तथा महंगा स्मार्टफोन जस्तै उच्चस्तरीय स्मार्टफोन समेत बनाउँछ तर त्यस्ता स्मार्टफोनलाई आधा सस्तो मूल्यमा बेच्छ ।

जिआओमीको पछिल्लो स्मार्टफोन एम आइ फोरको मूल्य ३२० अमेरिकी डलर छ । जसमा ५ इन्चको स्त्रिmन, शक्तिशाली प्रोसेसर तथा निकै उच्चस्तरीय डिजाइन संलग्न छ । जबकी सामसुङको ग्यालेक्सी एस फाइभको अन्तराष्ट्रिय मूल्य कम्तिमा ६ सय डलर तथा आइफोन ५ एसको मूल्य ६४९ डलरबाट सुरु हुन्छ ।

यद्यपि जिआओमीले स्मार्टफोनको व्यापारबाट मनग्गे कमाउन सकेको छैन तर यसले सामसुङको नाफा खाइदिएको छ । गएको त्रैमासिकमा सामसुङको स्मार्टफोन व्यापारको नाफा घट्दो दरमा रहेको देखिएको छ, घट्दो नाफाका लागि उसले जिआओमी जस्ता कम्पनीलाई दोष दिएको छ जसले सस्तो मूल्यमा स्मार्टफोन बेच्ने गर्छन् ।

यद्यपि एप्पलको आइफोन व्यापार भने चिनिमा बढिरहेको र नाफा समेत वृद्धि भैरहेको बताइन्छ । जिआओमीका आलोचक तथा एप्पलका फ्यानहरुले जिआओमीका स्मार्टफोन एप्पलको आइफोन र आइप्याडकै नक्कली जस्ता रहेको टिप्पणी गर्छन् ।

विश्लेषकहरुका अनुसार जिआओमीले एप्पलका विभिन्न बजार रणनीतिको नक्कल समेत गर्ने गरेको छ । उसका सिइओ लेइ जनले एप्पलका संस्थापक स्टिभ जब्सले जस्तै पहिरन लगाउने गरेका छन् । साथै कुनै प्रडक्ट सार्वजनिक गर्ने बेलामा समेत एउटा थप चिज… शीर्षको स्लाइड देखाउने गरेका छन्, एप्पलको सिको गरेर ।

प्रबिधि समाचार साइट टेक क्रन्चले जिआओमीले जानीबुझि नै एप्पलको नक्कल गर्ने गरेको बताएको छ । चिनियाँ बजारभित्रमात्र रहँदा जिआओमीलार्इ जति सजिलो थियो, भारत लगायतका अन्य बजारमा प्रबेश गर्दा उसलार्इ बाैद्दिक सम्पतिको कानुनले झमेलामा पार्न सक्छ ।

भारतीय बजारमा एम आइ थ्री को हंगामा

जिआओमीको स्मार्टफोन एम आइ थ्री भारतिय बजारमा सार्वजनिक भएसँगै त्यो हातहातै बिक्यो । अनलाइन सपिङ वेबसाइट फि्लपकार्टमा उपलब्ध यो स्मार्टफोनको पूरै स्टक मंगलबार केही सेकेण्डमै बिक्यो र वेबसाइटमा अत्यधिक ट्राफिकका कारण केहीबेर वेबसाइट नै जाम भयो ।

जानकारी अनुसार मंगलबार अनलाइनमा १५ हजार एम आइ थ्री बिक्रिका लागि राखिएको थियो, जबकी डेढ लाख मानिसले आफ्नो नाम दर्ता गराएका थिए । जब दिउँसो २ बजे अनलाईन बिक्रि सुरु भयो वेबसाइटको सर्भर ठप्प भयो र केही समयपछि नै वेबसाइटमा स्मार्टफोनको स्टक सकिएको जानकारी प्रकाशित गरियो ।

mi3
यो स्मार्टफोनको अनलाइन बिक्रिका बेला फि्लपकार्ट क्र्यास भएको यो तेश्रो पटक हो । पछिल्लो पटक केवल ५ सेकेण्डमै १५ हजार एम आइ थ्री अनलाइनमार्फत बिक्रि भयो ।

समाचार अनुसार भारतीय बजारमा यो स्मार्टफोनको अनलाइन बिक्रिका लागि दर्ता प्रक्रिया सुरु भैसकेको छ र यसको बिक्रि आउँदो अगष्ट १२ मा हुनेछ । भारतीय बजारमा यसको मूल्य १३ हजार ९ सय ९९ रुपैयाँ छ ।

टेक क्रन्च र बिजनेस इनसाइडरको रिपोर्टमा अाधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment