Comments Add Comment

सलमानले शाहरूखलार्इ हाने ‘किक’

sharukh-and-salman

कुरामा होइन काममा हामी भरोसा गर्छौं……अघिल्लो साल भएको एक कार्यक्रममा सलमान खानले यसो भनेका थिए । सलमानले अघिल्लो साल रिलिज भएको शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसबारे गरेको टिप्पणी यस्तो थियो, ‘यसमा कुनै शंका छैन, शाहरुखको चेन्नई एक्सप्रेसको रेकर्ड धेरै बलियो छ तर त्यो रेकर्ड मैले नै तोड्ने छु ।’

शाहरुखलाई चुनौति दिएको वर्ष दिन नपुग्दै सलमानले प्रमाणित गरेर देखाएका छन् । सलमानको हालै रिलिज भएको फिल्म किकले धुवाँधार कमाई गर्ने क्रम अझै रोकिएको छैन । फिल्म रिलिज भएकेा दोस्रो हप्ताबाट उकालो लागिसक्दा पनि किक हेर्ने दर्शक घटेका छैनन् ।

किकले बुधबारसम्ममा २ सय २३ करोड भारतीय रुपैयाँ कमाईसकेको छ । किकले पैसा कमाउने क्रममा अझै पूर्णविराम लागेको छैन । किकले शाहरुखको चेन्नई एक्सप्रेसको रेकर्ड बुधबारै तोड्ने अपेक्षा गरिएको छ ।
सलमानले तोड्दैछन् शाहरुखको रेकर्ड

अघिल्लो वर्षको सुपरहिट फिल्म चेन्नई एक्सप्रेसले कुल २ सय २६ करोड कमाई गरेको थियो । यो अवस्थामा बुधबारै चेन्नई एक्सप्रेसको रेकर्ड तोडिने सम्भावना छ ।  रेकर्ड ब्रेक हुने अवस्था भएपछि किङ खान भनिने शाहरुख खानका अगाडि आफू बलिउडको असली दबङ्ग भएको प्रमाणित गर्न सफल भएका छन् ।

तपाईँहरुलाई थाहै होला, साजिद नाडियावालाले निर्देशन गरेको फिल्म किकका लेखक चेतन भगत हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिज,  रणदीप हुड्डा मूख्य भूमिकामा देखिएका छन् ।
फिल्मका गीतले पनि दर्शक स्रोतका मन जित्न सफल भएका छन् । फिल्म र संगीत दुबै चलेको किक यो सालमा बलिउडको सबैभन्दा हिट र सफलतम फिल्म बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment