+
+

आगामी मन्त्रिपरिषदबाट राजदूत नियुक्ति : मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते १६:०८

३१ साउन, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आउँदो मन्त्रिपरिषद बैठकले सबै रिक्त मुलुकमा राजदूत नियूक्त गर्ने दाबी गरेका छन् ।

अघिल्लो मन्त्रिपरिषदको बैठकमा राजदूतको विषयमा छलफल भएको र कांग्रेस र एमालेबीच मोटामोटी सहमति जुटिसकेको बताए । राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री पण्डितले राजदूतपछि संविधानसभाका २६ सभासद र संवैधानिक नियुक्तिको विषयमा पनि छलफल हुने जानकारी दिए ।

संविधान निर्माण नभएसम्म सरकारको विकल्प खोज्न नहुने उनले बताए । एमाले नेता समेत रहेका पण्डितले भने-‘सरकारको विकल्प खोज्ने ताकत समेत प्रतिपक्षसँग छैन ।’

बाढी पहिरो पीडितलाई सरकारले सक्दो सहयोग गरिरहेको दावी गर्दै मन्त्री पण्डितले ठूलो क्षति भएकोले हात्तिको मुखमा जिरा जस्तो देखिएको बताए ।

बाढी पीडितको राहतको लागि सभासदहरुले एक दिन र मन्त्रीहरुले १५ दिनको तलब भत्ता उपलब्ध गराएको भन्दै उनले प्रतिपरिवार ४० हजारको दरले राहत दिइएको बताए । उनले भने -यद्धपी यो नै पर्याप्त राहत भने होइन । उहाँहरुलाई यथेष्ट भौतिक सहयोगको खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?