Comments Add Comment

होटल फिस्टेल लजको नाफाजति सवै मुटुरोगीलाई

fistel
१ भदौ, पोखरा । एउटा ब्यवसायिक कम्पनीले नाफाको कति प्रतिशत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत समाजसेवामा लगाउँछ ?
सोंच्नुहोला-आधा, एक, साढेएक वा दुई प्रतिशत । प्राय कम्पनीले सामाजिक उत्तर दायित्वमा खर्चिने रकम यसभन्दा पनि कम हुने नागरिक दैनिकमा खबर छ ।

होइन, पोखराको एउटा होटल भने शतप्रतिशत नाफा समाजको हितमा लगाउँछ, त्यो पनि मृत्युको मुखमा पुगिसकेका मानिसलाई जीवनमा फर्काउन ।
पोखराको जेठो होटल फिस्टेल लजले १० वर्षदेखि आफ्नो सवै आम्दानी मुटुरोगीको उपचारमा खर्च गरिरहेको छ । ‘हाम्रो नाफाजति मुटुरोगीको सेवामा जान्छ,’ होटलका म्यानेजर प्रदीप राणाले भने ।

होटलले सिधैं मुटुरोगीलाई पैसा बाड्दैन । पहिला नाफाको पोकोजति जयन्ती मेमोरियल कोषमा जम्मा हुन्छ । अनि त्यही कोषले गर्छ विरामीका लागि खर्च । कोषबाट पनि विरामीले हातैमा पैसा पाउँदैनन् । कोषले काठमाडौ बाँसबारीस्थित गंगालाल हृदय केन्द्र र शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरेसिक केन्द्र मार्फत मुटुरोगीको उपचारमा सघाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment