Comments Add Comment

विश्वकपका जर्सी सिन्धुपाल्चोका बाढीपीडितलार्इ

Flood-Victim-help

१ भदौ , भक्तपुर । ‘हामी पनि केहि गर्न चाहन्छौं’ भन्ने नारासहित संगठित युवाहरूले सिन्धुपाल्चकोका पहिरो पीडितलार्इ कपडा र खानेकुरा सहयोग गरेका छन् ।

ब्राजिलमा भएको विश्वकपका क्रममा नेपाली समर्थकले लगाएका विभिन्न जर्सी संकलन गरेर युवाहरूले पहिरो पीडितलार्इ प्रदान गरेका हुन् । युवाहरूले जर्सीसँगै २२ बोरा लत्ताकपडा पहिरो पीडित राहत संकलन केन्द्रमा जम्मा गरेका हुन् ।

विश्वकपका क्रममा समर्थकहरूले लगाएका विभिन्न देशका जर्सी काठमाडौं रभक्तपुरबाट संकलन गरेर सिन्धुपाल्चोकस्थित पहिरो पीडित राहात संकलन केन्द्रमा जम्मा गरिएको हामी पनि केही गर्न सक्छौं अभियानका संयोजक सन्तोष पाण्डेले बताए । युवाहरूले भक्तपुबराट गन्तब्य सामाजिक पहुँच नेपालको सहयोगमा जर्सी संकलन गरेको बताए ।

अभियानका सदस्य युवाहरूले बाढी पीडितलार्इ जर्सीसँगै चामल र चाउचाउ पनि राहात संकलन गरिरहेको समुहका सद्धस्य अशोक खनालले बताए । युवाहरूले काठमाडौं र भक्तपुरबाहेक झापा र सुनसरीमा समेत जर्सी संकलन अभियान सुरु गरेका थिए । वर्षासँगै सडक अवरुद्ध भएपछि सो क्षेत्रबाट संकलन गरिएको जर्सी काठमाडौं आइपुगेपछि वितरण गरिने खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment