Comments Add Comment

ग्रान्ड बैंक लिमिटेड १६० करोड घाटामा, नेपाल बैंकको नाफा ५६ प्रतिशत बढ्यो

Grand-Bank

१ भदौ, काठमाडौं । आर्थिक वर्ष २०६९/०७० मा ११ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको ग्रान्ड बैंक लिमिटेड गत आर्थिक वर्षमा १ अर्ब ६० करोड घाटामा गएको छ । बैंकको असुल नहुने ऋणको मात्रा बढेपछि सम्भावित जोखिम व्यवस्था कोषमा ठूलो रकम छुट्टाउनुपर्दा बैंक घाटामा जान पुगेको हो । बैंकको जोखिमपूर्ण कर्जा ३.५२ प्रतिशतबाट बढेर १९.०९ प्रतिशत पुगेको छ ।

यसका लागि बैंकले १ अर्ब ९३ करोड रुपैयाँको जोखिम व्यवस्था कोष खडा गर्नुपरेको  छ । अघिल्लो वर्ष बैंकले २७ करोड ८७ लाख रुपैयाँको सम्भावित जोखिम व्यवस्था कोष खडा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी (वाषिर्क) ८० रुपैयाँ ३३ ऋणात्मक रहेको छ । प्रतिशेयर बजार मूल्य मार्केट ३ सय १९ रुपैयाँ, तरलता अनुपात ३७.५३ प्रतिशत, प्रतिशेयर नेटवर्थ (वाषिर्क) २८.८२, स्प्रेड दर ३.६९ प्रतिशत रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा ३८ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष बैंकले ५१ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले शुल्क, कमिसनबाट ४ करोड २१ लाख, अन्य सञ्चालन आम्दानी ४ करोड ५९ लाख र विदेशी मुद्राको कारोबारबाट ७ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बैंक यस अवधिसम्म २१ अर्ब २० करावेड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमध्ये रियल स्टेटमा २ अर्ब ६३ करोड ९० लाख रुपैयाँ फसेको छ । रियल स्टेट कर्जा अघिल्लो वर्षको तुलनामा भने सामान्य घटेको हो ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षमा ५६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७९ करोड १५ लाख रुपैयाँमात्र रहेको थियो ।

बैंकले गत आवमा २ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको थियो ।
बैंकको सञ्चालन मुनाफा २ गुनाभन्दा बढीले बढेको छ । बैंकको जोखिमपूर्ण कर्जा ४.७४ प्रतिशत, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा, मूल्य आम्दानी अनुपात १४.७३ गुना, प्रतिशेयर नेटवर्थ ३४ रुपैयाँ ४६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment