+
+

भक्तपुरमा डेङ्गुका बिरामी भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते ११:५३

१ भदौ, भक्तपुर । भक्तपुरमा डेङ्गुका एकजना बिरामी फेला परेका छन् । तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस-५ मा बस्दै आएका १५ वर्षीय अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेश ठाकुरले जानकारी दिए । बिरामीको उपचार भइरहेको छ ।

डेङ्गुका बिरामी देखापरेपछि भक्तपुर नगरपालिका र गाविसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ठाकुरले बताए । भक्तपुर अस्पतालमा डेङ्गु परीक्षणका लागि निःशुल्क टेष्ट किट राखिएको उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?