+
+
Shares

शाहरुख मेरो दोस्त हैनः अजय देबगण

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते ९:०८

ajay

मुम्बई । अभिनेता अजय देबगणले शाहरुख खानसंग आफ्नो दोस्ती नभएको बताएका छन् । अन्तराष्ट्रिर्य समाचार संस्था बीबीसीसंग कुरा गर्दै उनले भनेका छन् ‘हामी दोस्त होईन, यसको अर्थ यो होईन कि हामी दुस्मन हौं । उनी मेरो कामको इज्जत गर्छन्, म उनको कामको ईज्जत गर्छु ।’
प्रदर्शन भईरहेको चलचित्र ‘सिंघम रिटर्नस’ को सन्दर्भमा कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । पछिल्लो समय अजय देबगण र शाहरुख खानको सम्बन्ध राम्रो छैन भन्ने भनाईप्रति उनले असहमति जनाए ।
शाहरुख खान अभिनित फिल्म ‘जब तक है जान र अजय देबगण अभिनित ‘सन अफ द सरदार’ एकै दिन रिलिज हुँदा यी कलाकारहरु विच मन मुटाब भएको थियो । उक्त समय अजयले यशराज ब्यानरले सिनेमा हल कब्जा गरेको आरोप लगाएका थिए ।

यी सब पुराना कुरा भएको बताउने अजयले फिल्म प्रदर्शनको बेला भएको प्रसंगलाई ब्यक्तिसँग जोडन नहुने बताए ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?