+
+
Shares

कतार एयरले उडान थप्यो पुर्वी युरोपमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १३:४१

Quater-Air४ भदौ, काठमाडौं । कतारको ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले पुर्वी युरोपमा उडान थप गर्ने घोषणा गरेको छ ।

बुचरेस्ट-सोफिया सातामा ५ पटक उडान गर्दै आएकोमा कतार एयरवेजले अक्टोबर १ देखि दुई उडान थप्ने भएको हो । उडान थप गरेसँगै युरोप जाने तथा त्यहाँबाट आउने यात्रु संख्या बढ्ने विश्वास एयरवेजले लिएको छ ।

बुचरेस्ट सोफिया रुट युरोप तथा युरोपबाट अन्यत्र जाने यात्रुहरुका लागी लोकपि्रय हुने एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले दाबी गरे ।

नयाँ दुई उडान ए ३२० एयरक्राफ्ट मार्फत गरिने एयरवेजले जनाएको छ । यो सँगै कतारमा ४८ विजनेश क्लास र ३ सय ६० इकोनोमिक्स क्लासका सिट थपिने छन् ।

कतार एयरवेजले सञ्चालनमा आएको १७ वर्षको छोटो अवधिमा हवाई क्षेत्रमा उल्लेख्य प्रगती गर्न सफल भएको छ । अहिले कतार एयरवेजले १३५ एयरक्राफ्टबाट १४४ वटा बिजनेश र लिजर गन्तव्यमा उडान भर्दै आएको छ ।

यूरोप, मिडल इष्ट, अफि्रका, एशिया प्यासिफिक, नर्थ अमेरिका, साउथ अमेरिका कतार एयरवेजका गन्तव्यहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?