+
+
Shares

शान्ति सैनिकहरु इबोला भाइरसबाट सुरक्षित : नेपाली सेना

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १८:२३

४ भदौ, काठमाडौं । शान्ति सेनामा खटिएका नेपाली सैनिकहरु इबोला भाइरसबाट सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

nepal-army-logoसैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी इबोला भाइरस संक्रमित अफ्रिकी मुलुकबाट फिर्ता हुने शान्ति सैनिकहरुको स्वास्थ्य परिक्षण शुरु गरेको र प्राणघातक इवोला भाईरसको संक्रमण नफैलियोस् भन्नेमा नेपाली सेना अति नै संवेदनशिल र सजग रहेको बताएको छ ।

इबोला संक्रमित मुलुकहरुमा काम सकेर स्वदेश फिर्ता भएका एक सैनिकलाई निगरानीमा राखिएको र हालसम्म उनमा कुनै संक्रमण नदेखिएको सेनाले जनाएको छ । इबोला भाइरसको संक्रमण नभएको पुष्टि भए पश्चात डिउटीमा पठाउने व्यवस्था मिलाइएको छ ।

शान्ति सैनिकहरुलाई मिशनमा तैनाथ हुनु पूर्व प्रदान गरिने प्रि-डिप्लोयमेन्ट तालिममा समेत बिशेषज्ञ डा. अधिकृतबाट इवोला भाइरस सम्बन्धि कक्षा संचालन गरिएको छ ।

साथै भाइरसका संक्रमण तथा रोकथामका उपायहरु सम्बन्धमा मिशनमा तैनाथ शान्ति सैनिकहरुलाई परिपत्र गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?