+
+
Shares

बेष्ट रेमिट र नारायणी फाइनान्सबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १५:१५

४ भदौ काठमाडौ ।  गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित रेमिटान्स सेवा प्रदायक कम्पनी बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतामा बेष्ट रेमिटका तर्फवाट प्रमुख संचालन अधिकृत अनिलकुमार कर्ण र नारायणी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोराले बुधबार संयुक्त हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका नारायणी फाइनान्सका १२ वटा शाखा बाट भुक्तानी लिन सकिने छ ।

बेस्ट रेमिटका २१ सय भन्दा बढी एजेण्ट, सब-एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?