हल व्यापार फस्टाउँदै गएपछि यसमा लगानी पनि बढिरहेको छ । काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको आगमन बढेपछि नयाँ हल खोल्ने क्रम जारी छ । यसैक्रममा, निर्माता तथा व्यवसायी सुमित मौनालीले काठमाण्डौको दरबारमार्गमा नयाँ हल संचालनमा ल्याएका छन् ।
‘क्यूज सिनेमाज’ नाम दिइएको मल्टिप्लेक्स हल दरबारमार्गको राइजिङ मलको पाचौ तल्लामा संचालनमा आएको हो । आधुनिक सुविधासम्पन्न यो हलमा २ वटा पर्दा छन् । जसमा ७७ र १६८ सिट छ । ७७ सिट भएको ‘क्यूज २’मा दर्शकका लागि आरमदायी सोफाको व्यवस्था गरिएको छ ।
प्रवन्ध निर्देशक सुमित मैनालीले दर्शकले पछिल्ला आधुनिक प्रविधी र उच्च क्वालिटीका साउन्ड सिस्टमका साथ आरमदायी रुपमा सिनेमाको मज्जा लिन सक्ने बताए ।
नेपाली सिनेमाकी सुन्दर नायिका करिश्मा मानन्धर, गायिका ईन्दिरा जोशी, मिस नेपाल सुविन लिम्बु, फुटबल खेलाडी अनिल गुरुङ, बैंकर अनिल शाहले संयुक्त रुपमा यो मल्टिप्लेक्सको उद्घाटन गरेका थिए । हलको उद्घाटनसँगै आज चलचित्र ‘कोहिनुर’ प्रदर्शन गरिएको छ । शुक्रबारबाट भने हिन्दी, नेपाली र अंग्रेजी सिनेमा लाग्नेछन् ।
तस्बिर : अजय महर्जन
प्रतिक्रिया 4