५ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र चुलिएको प्रचण्ड र भट्टराई पक्षको विवाद समाधान गर्न विहीबार प्रचण्डनिवासमा बैठक डाकिएको छ ।
अपरान्ह साढे ४ बजे लाजिम्पाटमा आयोजना गरिएको बैठकमा एमाओवादीका पदाधिकारीका साथै डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलको पनि सहभागिता हुने बताइएको छ ।
दुई पक्षको विवाद समाधानका उपाय खोज्न बैठक बस्न लागेको एमाओवादी नेता एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरलाई बताए ।
आजै बाबुराम भट्टराई प्रचण्ड निवास लाजिम्पाट पुगेर यस विषयमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4