+
+

गरिमा भर्सेस नम्रता, कसको बिक्ला स्टारडम ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ६ गते १०:५३

namrata-vs-garima
दुबै चल्तीका नायिका भएकाले पनि गरिमा पन्त र नम्रता श्रेष्ठको लडाइलाई महत्वका साथ हेरिएको छ । आजबाट नेपाली सिने बजारमा दुई आशातित सिनेमाले हल पाएका छन् । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’को चाप नघटेकाले पनि आजबाट प्रदर्शनमा आएका ‘ठूली’ र ‘ताण्डव’लाई असर पर्ने अड्कल काटिएको छ ।

मोहन डोटेलको निर्माणमा वेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको चलचित्र ‘ताण्डव’मा आशिष राना ‘लाहुरे’, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । ग्याङस्टार र ड्रक्सको कथा बोेकेको चलचित्रलाई गरिमा पन्त र जीवन लुइटेलको मुख्य भूमिका रहेको नारीप्रधान चलचित्र ‘ठूली’ले चुनौती दिने अपेक्षा गरिएको छ । तर काठमाण्डौका मुख्य मल्टिप्लेक्समा भने ‘ताण्डव’कै हालिमुहाली हुने देखिएको छ ।

काठमाण्डौ बाहिर ‘ठूली’को कलेक्शन केही माथि हुनसक्ने विश्लेषण गरिएको छ । ‘झोला’ सिनेमाबाट चर्चामा आएकी गरिमालाई ‘ठूली’ चल्नुपर्ने देखिन्छ । यता ‘नोभेम्बर रेन’ चलेपछि केही हौसिएकी नम्रताका लागि ‘ताण्डव’को व्यापार उल्लेखनिय हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?