Comments Add Comment

काठमाडौं-हेटौडा सुरुङमार्गका लागि क्यानेडियन कम्पनीले २७ अर्व ऋण दिने

७ भदौ, काठमाडौं । निजी क्षेत्रले बनाउन लागेको काठमाडौं-कुलेखानी-हेटौडा सुरुङमार्गका लागि तीन क्यानेडियन कम्पनीले २८ करोड अमेरिकी डलर अर्थात करिव २७ अर्ब रुपैयाँ ऋण दिने भएका छन् ।

यससँगै नेपाल पूर्वाधार विकास कम्पनीले तीन महिनामा निर्माण सुरु गर्ने घोषणा गरेको छ ।

Surung Margaशनिबार राजधानीमा ऋणसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी र इन्फ्राब्याङ्क्स् कर्पोरेसन, सेज ग्लोबल क्यानडा र ग्लोबल फिनान्सियल एसोसिएट्स् क्यानडाका प्रतिनिधिले ऋण सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार यो ऋण १५ वर्ष भित्र तिरिसक्नु पर्नेछ । तर, योजना सम्पन्न भएको साढे आठ वर्षमा सबै ऋण चुक्ता गर्ने योजना राखेको अध्यक्ष जोशीले बताए । स्थानीय लगानीकर्ताको लगानीबाट उठेको मुनाफाबाट ऋण तिरिनेछ ।

३५ अर्बबढी लागत रहेको आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत नेपाली लगानीकर्तको रकम लगानी गरिनेछ । ‘मुख्य ऋण नै थियो । अब नेपाली लगानी त जम्मा भइहाल्छ । झण्डै २ अर्ब त जम्मा भइसकेको छ’ जोशीले अनलाइनखबरसँग भने । ऋण र नेपाली लगानी नजुट्दा आयोजना अन्योलमा परेको थियो ।

जोशीका अनुसार सरकारी कागजात तयार पारी वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम सकेर काम सुरू गरिनेछ । ‘काम सुरू गरेको दिनको तीन वर्षभित्र सम्पन्न गछौं भन्ने हाम्रो प्रतिवद्धता थियो । यो आज पनि छ’ उनले भने ।

काठमाडौंबाट कुलेखानी हुँदै हेटौडा निकाल्न लागिएको सुरुङ मार्ग ५८ किलोमिटर लामो छ । यो मार्ग प्रयोग गरेर हेटौडा पुग्न ६० किलोमिटर प्रतिघण्टाको दरले सावारीसाधन चलाउँदा झण्डै एक घण्टा लाग्छ ।

सरूङ मार्ग बनेमा सार्वजनिक निजी साझेदारीअनुसार देशकै स्रोत साधन प्रयोग गरेर बनेको यो पहिलो ठूलो योजना हुनेछ। यसअघि हेटौंडा पुग्न बनेका त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, पूर्व पश्चिम राजमार्ग विदेशी सहयोगमा बनेका हुन् ।

५० किलोमिटर लामो सडकमा तीन किलोमिटरमात्र सुरुङ मार्ग पर्छ। सिस्नेरी-भीमभेदीको बीचमा सुरुङ बन्नेछ, जुन छिचोल्न झण्डै २ मिनेट लाग्नेछ । सुरुङ बनाउन ९ अर्ब लाग्ने अनुमान छ । बाँकी रकम चाहिँ सडक विस्तार, निर्माण र मर्मतमा खर्च हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment