Comments Add Comment

त्रिसुन्दरीको सातौं साधारणसभा सम्पन्न, खुद नाफा साढे ६ लाख

७ भदौ काठमाडौं । श्री त्रि सुन्दरी बचत तथा ऋण सहकारीको सातौं साधारणसभा आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७०/०७१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निरञ्जन कुमार श्रेष्ठले ६ लाख ६८ हजार ३ सय २२ रुपैंया खुद नाफा गरेको बताए ।

सो आर्थिक वर्षमा संस्थाले ३ करोड ५० लाख १ हजार ८ सय ६८ रुपैंया निक्षेप संकलन गरी ३ करोड २७ लाख ७९ हजार ८ सय ६७ रुपैंया कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले सदस्यलाई १ लाख २५ हजार ३ सय १० लाभांश दिने प्रस्ताव पारीत गरेको छ । चालु आर्थिक वर्षमा संस्थाको ५ लाख ४३ हजार १२ रुपैंया जगेडा कोष रहेको छ ।

२०६४ सालमा स्थापना भएको यस संस्थाले अशत्तलाई राहत, बाल सदस्यलाई बर्थ डे केक, महिला सदस्यलाई तिजको अवसरमा सौन्दर्य सामग्री, सुत्केरी भेटघाट कार्यक्रम लगायत गर्दै आएको संस्थाका प्रवन्धक राजेशराज पाण्डेले बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सभासद् मोहन बस्नेत, गि्रल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, त्रि नातेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment