+
+

गणेशमान सिंह फाउन्डेसनद्धारा बाढीपीडितका लागि ९ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १०:३१

ganesman-sing
८ भदौ, काठमाडौं । गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहेको युथ अफ काठमाडौंले बाढीपीडितका लागि ९ लाख रुपैयाँ प्रदान गरेको छ ।
फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्दार समितिका नाममा उक्त रकम प्रदान गरेको हो । बाढीपीडितको सहयोगका लागि गत वर्ष वसन्तपुर दरवार स्क्वायर परिसरमा फाउन्डेसनले गरेको कार्यक्रमबाट प्राप्त उक्त रकम आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको युथ अफ काठमाडौंका संयोजक प्रभासमान सिंहले जानकारी दिए ।

महाकालीका बाढीपीडितका लागि गत वर्ष फाउन्डेसनले रकम संकलन गरेपनि निर्वाचन आचारसंहिता लागू भएका कारण वितरण गर्न पाएको थिएन् ।
फाउन्डेसनले प्रदान गरेको सहयोग रकम बुझ्दै समितिका अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाले बाढीपीडितका लागि सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

राहत कोषमा जम्मा भएको रकम पीडित समक्ष पुर्‍याउने बताउँदै कोइरालाले विपतमा परेकाहरुको उद्दार गर्नु सरकारको प्रमुख कतव्र्य भएकाले विभिन्न माध्यमबाट प्राप्त भएको राहत तथा सहयोग पुर्‍याउने बताए । विचौलियाका कारण पीडितले राहत नपाएकोमा गुनासो गर्दै कोइरालाले यसको पनि उचित अनुगमन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?