८ भदौ, काठमाण्डौ । नेपालस्थित हुन्डाइ गाडीको आधिकारकि विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहार योजना अन्तर्गत मिस्सी, बादशाह, एक्का योजना घोषणा गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले तीनवटा ठूला उपहार जित्ने मौका पाउनेछन् र हुण्डाइ गाडि खरिद गर्ने हरेक ग्राहकहरुले रु ५ लाख सम्मको नगद छुट पाउनेछन् ।
यो योजना भाद्र ९, २०७१ देखि लागू हुनेछ ।
मिस्सी योजना अन्तर्गत दश जना भाग्यशाली जोडीले मलेशिया र बैङ्कको निःशुल्क यात्रा गर्ने मौका पाउनेछन् । त्यसैगरी बादशाह योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले हुण्डाइ i Gen i 20 जित्ने अवसर पाउनेछन् ।
एक्का योजना अन्र्तगत एकजना भाग्यशाली विजेताले हुण्डाइको ludic Verna जित्नेछन् ।
उल्लेखित भाग्यशाली विजेताहरु लक्की ड्र मार्फत छानिने छन् ।
हुण्डाइको नेपालभर १३ वटा शोरुम रहेका छन जसमध्ये ११ वटा काठमाडौ उपत्यका बाहिर छन् भने २ वटा काठमाडौ भित्र । दशैं-तिहारको उपलक्ष्यमा हुन्डाइको शोरुमहरु बिशेष साजसज्जा गरिने छ ।
प्रतिक्रिया 4