Comments Add Comment

कुन सामाजिक संजालमा कति समय भुल्छन प्रयोगकर्ता ? रोचक तथ्य जानिराखौँ

social.mediaहामीले प्रायः प्रयोगकर्ताको संख्याका आधारमा सामाजिक संजालहरुको तुलना तथा व्याख्या गर्ने गर्छौँ । हुन पनि सोसल मिडियाका लागि त्यसका प्रयोगकर्ता वा सदस्यहरुको संख्याले सबैभन्दा धेरै अर्थ राख्छ । त्यसैले पनि सामाजिक संजाल मध्ये फेसबुकले सबैभन्दा धेरैको ध्यान तान्छ ।
१ अर्ब २० करोड प्रतिमहिना सक्रिय प्रयोगकर्ता भएको फेसबुक सामाजिक संजालहरुको वादशाह नै हो । तर, प्रयोगकर्ताले नयाँ-नयाँ सोसल नेटवर्क अँगालेसँगै तथा मानिसहरुको सामाजिक क्रियाकलापमा विविधता आएसँगै सामाजिक संजालका अन्य गतिविधिहरुको मापन महत्वपूर्ण बन्दै गएको छ ।
खासगरी व्यापारिक प्रयोजनका लागि यो महत्वपूर्ण हुन्छ की कहाँ समय तथा श्रोत खर्च गर्ने भन्ने कुरा निर्णय गर्न । कुन सामाजिक संजालमा प्रयोगकर्ताले कति समय खर्चिन्छन् र उनीहरु त्यसका विषयवस्तुप्रति कति धेरै अन्तरक्रियात्मक तथा सहभागीतामूलक हुन्छन् भन्ने विषय सामाजिक संजालको मूल्यांकनको आधार हुो ।

बिजनेस इनसाइडरले आफ्नो पछिल्लो अनुसन्धानबाट कुन सामाजिक संजालमा प्रयोगकर्ताले बढि समय बिताउने गरेका छन् भन्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानबाट तयार पारिएको सहभागिता परिसूचकमा सबैभन्दा बढि प्रयोग हुने सोसल नेटवर्किङ साइटमा प्रयोगकर्ताले खर्चिने समयको लेखाजोखा गरिएको छ ।

social-media-report
डेक्सटप र मोबाइल प्रयोगकर्ताका बीच गरिएको यो अनुसन्धानमा सोसल मिडियामा प्रयोगकर्ताले गर्ने मुख्य-मुख्य क्रियाकलाप समेत सूचिकृत गरिएको छ । अनुसन्धानबाट खुलासा भएका केही रोचक तथ्यहरु यस्ता छन्-

  • अमेरिकीहरुले इमेल तथा अन्य इन्टरनेटजन्य क्रियाकलाप भन्दा सोसल मिडियामा बढि समय खर्चिने गरेका छन् ।
  • विश्वमा इन्टरनेट सामाजिक संजालमा प्रयोग हुने समयमध्ये ६० प्रतिशत समय स्मार्टफोन तथा ट्याबलेट प्रयोगकर्ताले खर्चिने गरेका छन् ।
  •  फेसबुक प्रयोगकर्ताले फेसबुकमा खर्चिने समय टि्वटर प्रयोगकर्ताले खर्चिने समय भन्दा ७ गुणा बढि छ ।
  •  प्रयोगकर्ताको हिसाबले ह्वाट्स एपका प्रयोगकर्ता भन्दा स्नापच्याटका प्रयोगकर्ता कम छन् । तर स्नापच्याटमा प्रयोगकर्ताहरुले बढि समय खर्चिने गरेका छन् ।
  •  पिनस्ट्रेट, टम्बलर तथा लिंक्ड इन पछिल्लो समय प्रयोगकर्ताको समय चोर्नेमा तिब्र गतिमा लागिरहेका छन् । सोसल मिडियाहरुमा पछिल्लोपटक प्रयोगकर्ताले बिताउने समयका लागि होइन प्रयोगकर्तालाई बहु प्रविधिगत संलग्नता गराउने कुरामा होडबाजी चलिरहेको छ ।
  • सामाजिक संजालमा खर्चिने कुल समयमध्ये आधा भन्दा बढि अर्थात् ५०.७ प्रतिशत समय फेसबुकले खाएको छ । इन्स्टाग्राममा १३.५, टि्वटरमा ७.४, स्नापच्याटमा ६.६ तथा ह्वाट्सएपमा ४.६ प्रतिशत समय खर्च हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment